मुख्य समाचार स्वास्थ्य

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन सकिँदैन : शिक्षामन्त्री

‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन सकिँदैन : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ जस्ताको त्यस्तै ल्याउन नसकिने स्पष्ट पारेका छन् ।  मन्त्री पोखरेलले यो विधेयकलाई जस्ताको तस्तै ल्याउन व्यवहारिक रुपमा पनि नमिल्ने तर्क गरे।

 

विधेयकबारे राष्ट्रिय सभामा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधेयकलाई सामयिक बनाउन प्रधानमन्त्रीकै नेतृत्वमा १७ सदस्यीय उच्चस्तरीय आयोग बनाउने गरी प्रतिस्थापन विधेयक ल्याइएको पनि स्पष्ट पारे । 

 

उनले मेडिकल कलेज स्थापना गर्ने विषयमा आवश्यक निर्णय लिने काम त्यही आयोगलाई दिने व्यवस्था गरिएको दावी गरे । मन्त्री पोखरेलले आयोग गठन गरेर चिकित्सा क्षेत्रमा देखिएका सबै समस्या समाधान गरेर जान पनि वरिष्ठ चिकित्सक गाेविन्द केसीलाई आग्रह गरे ।

 

उनले आयोग गठन गर्ने बेला अनसनमा बसेर वरिष्ठ चिकित्सक केसीले सही काम नगरेको दावी समेत गरे । मन्त्री पोखरेलले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारका लागि सरकार गम्भीर रहेको पनि बताए ।

गिरिराजमणि पोखरेल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक डा. गाेविन्द केसी

विशेष