हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने तयारी पुनः थालेको छ ।
समारचार अनुसार, झन्डै डेढ दशकअघि बन्द भएको हेटौंडा कपडा उद्योगलाई सरकार र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गर्ने तयारी सुरु गरेको हो ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ ।
कार्यदलले हेटौंडा कपडा उद्योगको अध्ययन विश्लेषण गरी १५ दिनभित्र नेपाली सेना र मन्त्रालय समक्ष प्रतिवेदन पेस गर्नुपर्ने छ ।आजकोनागरिक दैनिकमा यो समाचार छ ।
हेटौंडा कपडा उद्योग