स्वास्थ्य

स्वास्थ्य संस्था बन्द गर्ने अवस्था नआओस् : चिकित्सक संघ

स्वास्थ्य संस्था बन्द गर्ने अवस्था नआओस् : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवनरक्षाका लागि स्वास्थ्य निकायहरू बन्द गर्ने बाध्यकारी स्थिति आउन नदिन सरकारसमक्ष आग्रह गरेको छ । संघका पदाधिकारीले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी यस्तो अवस्था आउन नदिन पहल गर्न आग्रह गरेका हुन् ।


जुम्लामा आमरण अनशन बसिरहेका डा. केसीको स्वास्थ्य स्थिति खस्कँदै गएपछि संघका पदाधिकारीहरूले सोमबार मन्त्री यादवलाई भेटेका हुन् । उनीहरूले यादवसमक्ष स्वास्थ्य शिक्षा तथा नागरिक स्वतन्त्रतासँग सम्बन्धित ७ बुँदे माग पनि प्रस्तुत गरेका छन् । संघको टोलीले आइतबारै प्रधानमन्त्री केपी ओलीलाई पनि भेटेको थियो । यो केसीको १५ औं अनशन हो ।


उनीहरूले चाँडोभन्दा चाँडो वार्ता गरेर निष्कर्षमा पुर्‍याउन आग्रह गर्दै यसो नभए स्वास्थ्य निकाय बन्द गरेर आन्दोलन गर्ने चेतावनीसमेत दिए । मन्त्री यादवले भने आन्दोलनका कार्यक्रममा नजान चिकित्सकहरूलाई आग्रह गरेका थिए । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ । 

जुम्ला आमरण अनशन नेपाल चिकित्सक संघ

विशेष