खेलकाे पाचाैं मिनेटमै इंग्ल्यान्डलार्इ अग्रता
काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेल क्राेएसिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भइरहेकाे छ । खेलकाे सुरूवातमै इंग्ल्यान्डले १–० काे अग्रता लिन सफल भएकाे छ ।
खेलकाे ५ मिनेटमै इंग्ल्यान्डलार्इ ट्रिपियरले फ्रि–किक प्रहारबाट अग्रता दिलाएका हुन् ।
दुवै देशका टाेली फाइनलमा प्रवेश गर्न लुझनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलसम्मकाे यात्रा तय गर्दा क्राेएसिया अपराजित छ भने इंग्ल्यान्ड समूह चरणमा बेल्जियमसँग पराजित भएकाे थियाे ।
क्वार्टरफाइनलमा क्राेएसियाले अायाेजक रूसलार्इ ट्राइब्रेकरमा ४–३ गाेलअन्तरले पराजित गरेकाे थियाे भने इंग्ल्यान्डले स्विडेनलार्इ २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।
सन् १९९८ काे विश्वकपमा प्रवेश गरेकाे क्राेएसियाले त्यतिबेला नै सेमिफाइनलमा पुग्न सफल भएकाे थियाे । त्यसयता क्राेएसिया सेमिफाइनलमा पुग्न सकेकाे छैन । विश्वकपमा क्राेएसियाले दाेस्राे पटक सेमिफाइनलमा खेल्दैछ । यता सन् १९९० मा पछिल्लाे पटक सेमिफाइनल खेलेकाे इंग्ल्यान्ड भने सन् १९६६ मा विश्वकप विजेता पनि बन्न सफल भएकाे छ । इंग्ल्यान्डले तेस्राे पटक सेमिफाइनल खेल्दैछ ।
विजेताले लुझनिकी रंगशालामा फ्रान्ससँग १५ जुलार्इमा उपाधिकाे लागि प्रतिस्पर्धा गर्नेछ ।
इंग्ल्यान्ड क्राेएसिया