खेल

क्राेएसियाविरूद्ध पहिलाे हाफमा इंग्ल्यान्ड १–० ले अघि

क्राेएसियाविरूद्ध पहिलाे हाफमा इंग्ल्यान्ड १–० ले अघि

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेल क्राेएसिया र इंग्ल्यान्डबीच प्रतिस्पर्धा भइरहेकाे छ । खेलकाे पहिलाे हाफकाे समाप्तिमा इंग्ल्यान्ड १–० ले अघि छ । 

 

खेलकाे ५ मिनेटमै इंग्ल्यान्डलार्इ ट्रिपियरले फ्रि–किक प्रहारबाट अग्रता दिलाएका हुन् । 

 

दुवै देशका टाेली फाइनलमा प्रवेश गर्न लुझनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलसम्मकाे यात्रा तय गर्दा क्राेएसिया अपराजित छ भने इंग्ल्यान्ड समूह चरणमा बेल्जियमसँग पराजित भएकाे थियाे । 

 

क्वार्टरफाइनलमा क्राेएसियाले अायाेजक रूसलार्इ ट्राइब्रेकरमा ४–३ गाेलअन्तरले पराजित गरेकाे थियाे भने इंग्ल्यान्डले स्विडेनलार्इ २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे । 

 

सन् १९९८ काे विश्वकपमा प्रवेश गरेकाे क्राेएसियाले त्यतिबेला नै सेमिफाइनलमा पुग्न सफल भएकाे थियाे । त्यसयता क्राेएसिया सेमिफाइनलमा पुग्न सकेकाे छैन । विश्वकपमा क्राेएसियाले दाेस्राे पटक सेमिफाइनलमा खेल्दैछ ।

 

यता सन् १९९० मा पछिल्लाे पटक सेमिफाइनल खेलेकाे इंग्ल्यान्ड भने सन् १९६६ मा विश्वकप विजेता पनि बन्न सफल भएकाे छ । इंग्ल्यान्डले तेस्राे पटक सेमिफाइनल खेल्दैछ । 

 

 दुर्इ टाेलीले अहिलेसम्म एक–अर्कासँग सात पटक खेल खेलिसकेका छन् । सात मध्ये चार खेलमा इंग्ल्यान्ड विजयी भएकाे छ भने दुर्इ खेलमा क्राेएसियाले जित निकाल्न सफल भएकाे छ । एक खेल भने बराबरीमा सकिएकाे थियाे । 

 

विजेताले लुझनिकी रंगशालामा फ्रान्ससँग १५ जुलार्इमा उपाधिकाे लागि प्रतिस्पर्धा गर्नेछ । 

 

क्राेएसिया इंग्ल्यान्ड

विशेष