खेल

इतिहास रच्दै क्राेएसिया फाइनलमा प्रवेश, इंग्ल्यान्ड २–१ ले पराजित

इतिहास रच्दै क्राेएसिया फाइनलमा प्रवेश, इंग्ल्यान्ड २–१ ले पराजित

काठमाडाैँ । रूसमा जारी विश्वकप फुटबल–२०१८ अन्तर्गतकाे दाेस्राे सेमिफाइनल खेलमा क्राेएसियाले इंग्ल्यान्डविरूद्ध २–१ काे एतिहासिक जित निकाल्न सफल भएकाे छ ।

 

खेलकाे अतिरिक्त समयमा मान्डजुकिकले गाेल गरेपछि क्राेएसिया पहिलाे पटक विश्वकप फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ । 

 

खेलकाे सुरूवातमै इंग्ल्यान्डले १–० काे अग्रता लिन सफल भएकाे थियाे । यद्यपि खेलकाे ६८ अाैँ मिनेटमा इभार पेरिसिकले हेडर गाेल गर्दै खेल बराबरीमा ल्याएका थिए । 

 

खेलकाे ५ मिनेटमै इंग्ल्यान्डलार्इ ट्रिपियरले फ्रि–किक प्रहारबाट अग्रता दिलाएका थिए । पहिलाे हाफमा क्राेएसिया फितलाे देखिएपनि दाेस्राे हाफमा क्राेएसियाले इंग्ल्यान्डलार्इ दबाबमा राखेकाे थियाे । 

 

दुवै देशका टाेली फाइनलमा प्रवेश गर्न लुझनिकी रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । सेमिफाइनलसम्मकाे यात्रा तय गर्दा क्राेएसिया अपराजित छ भने इंग्ल्यान्ड समूह चरणमा बेल्जियमसँग पराजित भएकाे थियाे । 

 

क्वार्टरफाइनलमा क्राेएसियाले अायाेजक रूसलार्इ ट्राइब्रेकरमा ४–३ गाेलअन्तरले पराजित गरेकाे थियाे भने इंग्ल्यान्डले स्विडेनलार्इ २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे । 

 

सन् १९९८ काे विश्वकपमा प्रवेश गरेकाे क्राेएसियाले त्यतिबेला नै सेमिफाइनलमा पुग्न सफल भएकाे थियाे । त्यसयता क्राेएसिया सेमिफाइनलमा पुग्न सकेकाे छैन । विश्वकपमा क्राेएसियाले दाेस्राे पटक सेमिफाइनलमा खेल्दैछ ।

 

यता सन् १९९० मा पछिल्लाे पटक सेमिफाइनल खेलेकाे इंग्ल्यान्ड भने सन् १९६६ मा विश्वकप विजेता पनि बन्न सफल भएकाे छ । इंग्ल्यान्डले तेस्राे पटक सेमिफाइनल खेल्दैछ । 

 

अहिलेसम्म दुर्इ टाेलीले एक–अर्कासँग सात पटक खेल खेलिसकेका छन् । इंग्ल्यान्डले चार खेलमा विजयी भएकाे छ भने क्राेएसियाले दुर्इ खेलमा जित हासिल गर्न सफल भएकाे छ । एक खेल भने बराबरीमा सकिएकाे थियाे । 

 

क्राेएसियाले अब लुझनिकी रंगशालामा फ्रान्ससँग १५ जुलार्इमा उपाधिकाे लागि प्रतिस्पर्धा गर्नेछ । 

क्राेएसिया इंग्ल्यान्ड

विशेष