खेल

स्पेनविरूद्ध अायाेजक रसियाकाे कमब्याक, १–१ काे बराबरीमा खेल जारी

स्पेनविरूद्ध अायाेजक रसियाकाे कमब्याक, १–१ काे बराबरीमा खेल जारी

रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत नकअाउट चरणकाे तेस्राे खेलमा स्पेन र अायाेजक रसिया १–१ काे बराबरीमा खेलिरहेकाे छ । 

 

खेलकाे ४१ अाैँ मिनेटमा पिकेले डिबक्स भित्र ह्याण्डबल गरेपछि रसियाले पेनाल्टीकाे अवसर पाएकाे हाे । उक्त पेनाल्टीकाे सदुपयाेग गर्दै ज्युबाले रसियालार्इ बराबरीमा ल्याएका हुन् ।

 

खेलकाे ११  अाैँ मिनेटमा रसियाका सर्जि इग्नासएभिकले अात्मघाती गाेल गर्दै स्पेनलार्इ उपहारमा १ गाेल दिएका थिए । जारी खेलमा विजयी हुने टाेली क्वाटरफाइनलमा प्रवेश गर्नेछ । 

 

रसियाविरूद्ध स्पेनले अहिलेसम्म भएकाे ६ खेलमा ४ जित र २ बराबरी खेल खेलेकाे छ । 

स्पेन रसिया

विशेष