खेल

स्पेनसँग पेनाल्टी सुटअाउटमा रसिया विजयी

स्पेनसँग पेनाल्टी सुटअाउटमा रसिया विजयी

रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत तेस्राे नकअाउट चरणकाे खेल रसियाले पेनाल्टी सुटअाउटमा ४–३ ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । 

 

स्पेनकाे दुर्इ पेनाल्टी रसियन गाेलकिपर अकिनफिभले बचाएपछि रसियाले क्वाटरफाइनलकाे यात्रा तय गरेकाे हाे । यसअघि खेलमा पनि स्पेनले दबाब सिर्जना गरेपनि रसियन गाेलकिपरले उत्कृष्ट खेल खेल्दै पेनाल्टी सम्म पुर्याए । 

 

स्पेन र अायाेजक रसियाबीचकाे खेल अतिरिक्त समयमा पनि १–१ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटअाउटमा पुगेकाे हाे  । सन् २०१८ काे संस्करणमा याे पहिलाे पेनाल्टी सुटअाउट भएकाे हाे ।

 

खेलकाे ४१ अाैँ मिनेटमा पिकेले डिबक्स भित्र ह्याण्डबल गरेपछि रसियाले पेनाल्टीकाे अवसर पाएकाे थियाे । उक्त पेनाल्टीकाे सदुपयाेग गर्दै ज्युबाले रसियालार्इ बराबरीमा ल्याएका हुन् ।

 

खेलकाे ११ अाैँ मिनेटमा रसियाका सर्जि इग्नासएभिकले अात्मघाती गाेल गर्दै स्पेनलार्इ उपहारमा १ गाेल दिएका थिए । 

 

रसियाविरूद्ध स्पेनले अहिलेसम्म भएकाे ६ खेलमा ४ जित र २ बराबरी र १ हार व्यहाेरेकाे छ । 

स्पेन रसिया

विशेष