मुख्य समाचार स्वास्थ्य

यसरी दिइदैछ डा. केसीको जीवनरक्षाका लागि शीर्ष नेतालाई दबाब

यसरी दिइदैछ डा. केसीको जीवनरक्षाका लागि  शीर्ष नेतालाई दबाब

काठमाडौं ।  नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत डा.गोविन्द केसीको जीवन रक्षा र उनका मागलाई तत्काल सम्बोधन गर्न ठूला दलका शीर्ष नेताहरुलाई दबाब दिने भएको छ । आज एक विज्ञप्ति जारी गर्दै सो संघले ११ दिनदेखि जुम्लामा अनसनरत डा. केसीको जीवनरक्षाको माग गर्दै मुलुकका शीर्ष नेताहरुलाई दबाब दिने निर्णय गरेको हो ।

 

संघका आजीवन सदस्य समेत रहेका डा. केसीले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सवाका विषयमा १५ औं पटक आमरण अनसन बस्नुपर्ने बाध्यात्मक घटनाक्रमले नेपालमा चिकित्कीय पेशाको मर्यादा समेत धरापमा परेको जनाउँदै संघले सो क्षेत्रको मर्यादा बचाउनका लागि समेत शीर्ष नेताहरुलाई दबाब दिने निर्णय गरेको छ । 

 

संघका महासचिव लोचन कार्कीले जारी गर्नुभएको सो विज्ञप्तिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सोही पार्टीका शीर्ष नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे, नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र लगायतका शीर्ष नेताहरुलाई भेटेर दबाब दिने निर्णय गरिएको जनाइएको छ । 

डा.केसी चिकित्सा क्षेत्रको सुधारको माग राख्दै ११ दिनदेखि जुम्लामा अनसनरत रहेका छन् ।

विशेष