अपराध सुरक्षा मुख्य समाचार

प्रहरीलार्इ सांसद नविनाकाे निरन्तर दबाब, पक्राउ परेकाे १२ घण्टा नपुग्दै गुण्डा नार्इकेका सहयाेगी रिहा

प्रहरीलार्इ सांसद नविनाकाे निरन्तर दबाब, पक्राउ परेकाे १२ घण्टा नपुग्दै गुण्डा नार्इकेका सहयाेगी रिहा

काठमाडौँ । गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई जमानीमा रिहा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद नविना लामाले ‘मेरो दाई हो’ भन्दै छाड्न दबाब दिएपछि जमानीमा रिहा गरिएकाे जनाएकाे छ। बिहिबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ प्रतिनिधी सभाकी सांसद नविना लामाको दबाबपछि रिहा भएका हुन् ।

 

नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको भन्दै काठमाडौं प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गर्नासाथ लामालाई जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि म्याद थप गरिएको थियो ।

 

‘प्रतिनिधीसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी ब्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’

 

 

नविना लामा दावा लामा

विशेष