भिडियो अन्तरवार्ता कभर स्टोरी

मेरा बाबु अर्बपति छन्, म कंगाल छु, तर मलाई अरु दुःख दिन बाबुले मुद्दा हालेका छन् (भिडियाेसहित)

मेरा बाबु अर्बपति छन्, म कंगाल छु, तर मलाई अरु दुःख दिन बाबुले मुद्दा हालेका छन् (भिडियाेसहित)

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता कृपाशुर शेर्पाका माहिली श्रीमतीकी छोरा गणेश शेर्पाले अहिले पनि आफू बाबुबाट पीडित भएको बताएका छन् । गणेशको भनाइअनुसार कृपाशुरले नागरिकता, अंश आदि मामिलामा धेरै दुःख दिएको जानकारी दिए । 


गणेशले आफ्नो संघर्षबारे यसरी बयान दिएका छन्ः 
 

‘ मलाई नागरिकता दिलाउन नयाँपत्रिका, अनलाईन खबर, वडाका मान्छेहरुले सहयोग गर्नुभएको छ । मैले गल्ति गरे पनि मलाई माफी गरिदिनुहोस् । मैले प्रेस विज्ञप्ति जारी गरेँ भन्ने छ । तर मैले होइन मेरो बुवाले नै सही गर्न लगाएको हो । मेरो मन्त्री पद जोगाइदे भनेर बुवाले आग्रह गर्नुभयो । उहाँले मलाई भक्तपुरको चार रोपनी जमिन अंशमा दिने बताउनु भएको थियो । मेरो अगाडि रुन पनि खोज्नु भयो । 

 

संघर्ष गरेर नै नागरिकता पाएँ । सवारी चालक अनुमतिपत्र बनाएँ । गाडी चलाउन थाले । तर मन्त्रीको छोरालाई ड्राइभरको काम दिन्न भन्छन् । खाने बस्ने राम्रो प्रबन्ध छैन । केटाकेटी पढाउन पनि गाह्रो छ । बुवासँग मैले कुरा गरौं भनिरहेको छु । तर उहाँले मलाई वास्ता गर्नु भएको छैन । गोली हानेर मार्छु पनि भन्नु भयो मेरो श्रीमतीलाई । मलाई प्रहरी हिरासतमा पनि राखिदिनु भयो । जिल्ला अदालतले अंश दिनू भनेर फैसला गर्‍यो ।

 



 

तर मलाई अंश नदिन बुवा पुनरावेदनमा जानु भएको छ । सम्पत्ति सबै कान्छी आमाको नाममा मात्रै छ । पासाङल्हामु कलेजमा उहाँ अध्यक्ष हो । यति एअरमा सेयर छ । हांगुडे खेलाको हाइड्रोमा सेयर छ । हिमालय एअरलाइन्समा पनि सेयर छ । करोडौ खर्च गरेर छोराको बिहे गरेकै हो । सुनचाँदी केही नभए पनि १५–२० किलो होला । उहाँकी पत्नीकै  २–३ केजीको गहना छ । 

 

उहाँकै नाममा नराखेर अर्को व्यक्तिको नाममा सम्पत्ति गरिरहेको छ । म पनि खोजी रहेको छु । हेल्पिङ हेन्ड अस्पतालमा पनि लगानी रहेछ । 
मैले सबै सम्पत्ति मागेको होइन । बाँच्नका लागि अलिकति मागेको हो । तर उहाँले अंश नदिन पुनरावेदन अदालतमा जानु भएको छ । के मलाई अलिकति सम्पत्ति दिँदा हुँदैन ? 

 

छोराको बिहे नै उहाँले पाँचतारे ह्यात होटलमा गर्नुभएको थियो । 

 

बुवाले आमालाई गर्भवती बनाएर भाग्नु भयो । मैले मेरी आमालाई अन्तिमसमयसम्म सेवा गरेँ । तर मेरा बुवा मेरी आमाको अन्तिमसमयमा पनि हेर्न आउनु भएन । 
 

कृपाशुर शेर्पा गणेश शेर्पा

विशेष