बझाङको दुर्गाथलीमा दुर्इजना युवक मृत अवस्थामा भेटिए

बझाङ । बझाङको दुर्गाथली गाउँपालिकामा भेटिएका दुवै मृतकको पहिचान खुलेको छ ।
दुवैजना थलारा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी २३ वर्षका सुरेश लोहार र अन्दानी १५ वर्षका विमल मिजार रहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृतिवारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । उनीहरु बुधवार वेलुकी बाटोमै सँगै लडेको अवस्थामा फेला परेका हुन् ।
अहिले प्रहरी नायब निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा छ ।