मुख्य समाचार

काठमाण्डौको महंगीले गर्दा महानगरका मेयरका तलब अपुग

काठमाण्डौको महंगीले गर्दा महानगरका मेयरका तलब अपुग

काडमाण्डौ महानगरका जनप्रतिनिधिहरुको हालको तलब मासिक ४६ हजार रहेको छ । ५५ हजारसम्म तलब पुर्याउन माग गरेका छन् । 

 


तर काठमाण्डौको महंगीअनुसार तलव सुविधाले नपुगेको भदैँ स्थानीय जनप्रतिनिधिहरुले गुनासो पोखेका छन् । त्यससँगै उपमेयरको तलव ४८ हजार बनाउन प्रस्ताव गरिएको छ । अहिले ४० हजार २ सय रुपैयाँ तोकिएको छ ।

 


तलब बारे छलफल गर्न बिहिबार काठमाडौं महानरपालिकाको परिषद बैठकले प्रदेश सरकारलाई जनप्रतिनिधिको सेवा सुविधामा वृद्धि गर्न प्रस्ताव गरेको हो ।

 


बढ्दो महङीले गर्दा तलब थोरै भयो । महिनामा ७ हजार लिएर वडा सदस्यहरु जनताको घरदलौमा जान सक्दैनन’ महानगरका एक वडाध्यक्षले भने, ‘प्रदेश सरकारले अपमानजनक रुपमा तोकेको तलवलाई बढाएर सम्मानजनक बनाओस् ।’

 


अहिले सबै प्रदेशमा स्थानीय जनप्रतिनिधिको तलब लगभग समान तोकिएको छ । केन्द्र सरकारले दिएको खाका अनुसार नै प्रदेश सरकारहरुले स्थानीय जनप्रतिनिधिहरुको सेवासुविधासम्वन्धी विधेयक प्रदेशसभाबाट पास गराएका हुन् ।

तलब जनप्रतिनिधिको तलब

विशेष