प्रवास मुख्य समाचार स्वास्थ्य

११ महिने बालकको मृगौला दान पश्चात एक भारतियले पाए नयाँ जिवन

११ महिने बालकको मृगौला दान पश्चात एक भारतियले पाए नयाँ जिवन

एजेन्सी । नेपालका एक दम्पत्ति लक्ष्मण र गीताले आफ्नो ११ महिनाको छोराको अंग दान गरेर एक भारतिय युवालाई नयाँ जिवन दान दिएका छन् । नेपालका ति दम्पत्ति हाल चण्डिगढमा बस्छन् । अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् ।

 

गत जुलाई ७ मा उनीहरुका ११ महिनाको छोरा प्रितम झोलुंगोमा खेल्दाखेल्दै अचानक तल खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर बालक बेहोस भए ।

 

लगतै तुरुन्त उनीहरु सरकारी अस्पताल पुगे तर डाक्टरले चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च पिगिमरमा रिफर गरे । त्यस अस्पतालमा डाक्टरको अथक प्रयास पछि पनि ति ११ महिनाको बालक प्रितममा केहि असर भएन । प्रितमलाई भेन्टिलेटरमा राखियो ।

 

डाक्टरले ति दाम्त्तिलाई बाेलाएर बालक प्रितम नबाच्ने भनेपछि त्यस दुखद खबर पछि दाम्पत्तिले सोचे आफ्ना बच्चाको  जिवनलाई त्यतिकै ब्यर्थ जान दिन्न । ‘हामीले छोराको अंग दान गर्ने सोच बनायौं, ताकि हामीजस्तै विपत्तिमा रहेका कुनै बाबुआमाको आँखामा खुशी भर्न सकियोस्,’ बुवा लक्ष्मणले भने ।

 

त्यसलगतै सबैको सहमति पश्चात डाक्टरले प्रितमको मिर्गौला म्याच गरि झिकेर एक वयश्क व्यक्तिमा प्रत्यारोपण गरिएको डेली पायोनियरले लेखेको छ । दुवै मिर्गौला एकै व्यक्तिमा प्रत्यारोपण गरियो ।

 

दाता परिवारप्रति आभार व्यक्त गर्दै पिगिमरका निर्देशक जगत राम भन्छन्, ‘यो मानवता र आत्म बलिदानको उच्चम्मकाे उदाहरण हो ।’अस्पतालका अनुसार एक वर्षभन्दा कम उमेरको बच्चाको अंग दान गर्दा उसको २४ घन्टाको अन्तरालमा उसको ‘ब्रेन डेथ’ भएको दुईपटक निश्चित गरिएको थियो । 

मृगौला ११ महिने बालक

विशेष