खेल

बेल्जियम पहिलाे हाफमा इंग्ल्यान्डविरूद्ध १–० अघि

बेल्जियम पहिलाे हाफमा इंग्ल्यान्डविरूद्ध १–० अघि

रूसमा जारी विश्वकप समापन नजिक पुग्दा अाज इंग्ल्यान्ड र बेल्जियम तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गरिरहेकाे छ । खेलकाे पहिलाे हाफमा बेल्जियम १–० ले अघि छ । 

 

खेलकाे चाैथाे मिनेटमै थाेमस मेउनियरले गाेल गर्दै बेल्जियमलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । इंग्ल्यान्ड यसअघि पनि समूह चरणमा बेल्जियमसँग पराजित भइसकेकाे छ । 

 

बेल्जियमले पाँच पटककाे विजेता ब्राजिललार्इ २–१ गाेलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए । २०१८ विश्वकपकाे दाबेदारका रूपमा अघि बढेकाे बेल्जियम फ्रान्ससँग भने १–० ले पराजित भएपछि तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गर्दैछ । तेस्राे हुन सकेमा पनि बेल्जियमले पहिलाेपटक उपाधि लिएर घर फर्किनेछ । 

 

यता इंग्ल्यान्ड सेमिफाइनलमा क्राेएसियासँग २–१ ले पराजित भएपछि बेल्जियमसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । इंग्ल्यान्डले अहिलेसम्म तीन सेमिफाइनल खेल खेलिसकेकाे छ । इंग्ल्यान्ड सन् १९६६ मा पहिलाे पटक विश्वकप विजेता बनेकाे थियाे । त्यसबाहेक सन् १९९० मा चाैथाे भएकाे थियाे भने २०१८ मा बेल्जियमसँग तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गरिरहेकाे छ । 

इंग्ल्यान्ड बेल्जियम

विशेष