विश्वकपमा बेल्जिमयकाे अहिलेसम्मकै उत्कृष्ट खेल, पहिलाे पटक तेस्राे स्थान हासिल गर्न सफल

रूसमा जारी विश्वकप समापन नजिक पुग्दा अाज इंग्ल्यान्डलार्इ २–० ले पराजित गर्दै बेल्जियमले पहिलाे पटक तेस्राे स्थान हासिल गर्न सफल भएकाे छ ।
खेलकाे चाैथाे मिनेटमै थाेमस मेउनियरले गाेल गर्दै बेल्जियमलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । त्यससँगै ८२ अाैँ मिनेटमा एडेन हर्जाडले गाेल गर्दै बेल्जियमलार्इ २–० काे जित दिलाएका हुन् । इंग्ल्यान्डविरूद्धकाे उक्त खेललार्इ बेल्जियमकाे अहिलेसम्मकै उत्कृष्ट खेल मानिएकाे छ । त्यसाेत इंग्ल्यान्ड यसअघि पनि समूह चरणमा बेल्जियमसँग पराजित भइसकेकाे छ ।
बेल्जियमले पाँच पटककाे विजेता ब्राजिललार्इ २–१ गाेलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेकाे थिए । २०१८ विश्वकपकाे दाबेदारका रूपमा अघि बढेकाे बेल्जियम फ्रान्ससँग भने १–० ले पराजित भएपछि तेस्राे स्थानकाे लागि प्रतिस्पर्धा गरेकाे हाे । तेस्राे भएसँगै बेल्जियमले पहिलाेपटक उत्कृष्ट खेलकाे नतिजा लिएर घर फर्किदैछ ।
यता इंग्ल्यान्ड सेमिफाइनलमा क्राेएसियासँग २–१ ले पराजित भएपछि बेल्जियमसँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । इंग्ल्यान्डले अहिलेसम्म तीन सेमिफाइनल खेल खेलिसकेकाे छ । इंग्ल्यान्ड सन् १९६६ मा पहिलाे पटक विश्वकप विजेता बनेकाे थियाे । त्यसबाहेक सन् १९९० मा चाैथाे भएकाे थियाे भने २०१८ मा बेल्जियमसँगकाे पराजय पछि पनि चाैथाे स्थानमै रहेकाे छ ।
विश्वकप २०१८ काे फाइनल भाेलि नेपाली समयअनुसार ८ः४५ मा लुजनिकी रंगशालामा हुनेछ ।
बेल्जियम इंग्ल्यान्ड