मुख्य समाचार स्वास्थ्य

सञ्जीवनी हस्पिटललाई कारबाही गर्न प्रशासनको पत्र

सञ्जीवनी हस्पिटललाई कारबाही गर्न प्रशासनको पत्र

थप उपचारका लागि रेफर गर्नुपर्ने बिरामीलाई जवर्जस्ती राखेर उपचारको बाहानामा पैसा असुल्ने विराटनगरको संजीवनी हस्पिटल एण्ड आईभीएफ सेन्टर प्रालिलाई कारबाहिको लागि प्रक्रिया अगाडी बढाएको छ ।

 

जिल्ला प्रशासन कार्यालय मोरङले जनस्वास्थ्य कार्यालय मोरङलाई संजिवनी हस्पिटलको आवश्यक अनुसन्धान गरि कारवाही गर्न पत्र काटेको हो ।हस्पिटलका नयाँ आएका व्यवस्थापकहरुले आम्दानीको लोभमा विरामी अन्यत्र रेफर नगराई अस्पतालमै उपचार गर्न डाक्टरलाई बाध्य पार्ने रहस्य ब्लाष्टले मंगलबार सार्वजानिक गरेको थियो ।

 

यो घटना सार्वजानिक भए लगतै सोही दिन उपभोक्तावादी संस्था पब्लिक फोरम नेपालले बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने हस्पिटललाई तत्काल छानविन गरि आवश्यक कारवाही गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दर्ता गराएका थिए । त्यही उजुरीको आदरमा अनुसन्धान गरि कानून बमोजिम कारबाही गर्न जनस्वास्थ्य कार्यालाई पत्र पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिए ।

 

‘यस कार्यालयमा संजीवनि हस्पिटलको विरुद्ध उजुरी आएको थियो,’ मोरङका प्रमुख जिल्ला अधिकारी आचार्यले भने, ‘हस्पिटलको अनुसन्धान गरि दोषि देखिए कारवाहीको लागि जनस्वास्थ्यमा पत्र काटेका छौं ।’ उनले भने, ‘स्वास्थ्य संस्थाको अनुगमन गर्ने निकाय जनस्वास्थ्य हो ।

 

अनुगमन गरि कारवाही गर्न सम्बन्धीत निकायलाई आदेश दिएको छु,’ उनले भने । विराटनगरको अस्पतालचौकमा रहेको उक्त हस्पिटलले बिरामीलाई रेफर गरेको भन्दै मेडिकल अफिसियर डाक्टर आलोक रायलाई ५० हजार जरिमाना गरेको र जागिरबाट हटाएको अवकाश दिएको घटना सार्वजनिक भएको थियो ।

विशेष