अन्तरवार्ता भिडियो इतिहास र अनुभूति

अन्धो भएर गोविन्द केसीलाई समर्थन गर्नुको अर्थ छैन (भिडियोसहित)

अन्धो भएर गोविन्द केसीलाई समर्थन गर्नुको अर्थ छैन (भिडियोसहित)

काठमाडौं । डा. गोविन्द केसीले उठाएका माग जायज  भए पनि ती माग पूरा गराउने उहाँको शैली अनुचित रहेको प्रा.डा. सुरेन्द्र केसीले बताउनु भएको छ । नेपालआजसँगको नियमित भिडियो स्तम्भ ‘इतिहास र अनुभूति’मा कुरा गर्दै सुरेन्द्र केसीले यस्तो धारणा राख्नु भएको हो । उहाँले भन्नु भयो, ‘उहाँ जुन विश्वविद्यालयमा काम गर्नुहुन्छ, त्यो त्रिभुवन विश्वविद्यालय हो । त्यहाँ प्राध्पापक संघ छ । उहाँले अभ्यास गर्ने शिक्षण अस्पतालमा पनि प्राध्पापक संघको युनिट छ । मेडिकल काउन्सिल पनि छ । उहाँको यो १५ औं अनसन हो । एउटा व्यक्तिले १५–१५ पटक अनसन बसेर जीवन मरणको संघर्षमा उत्रिनु स्वभाविक हुँदैन । उठाउनु पर्ने मुद्दा जायज छन्, तर व्यक्ति भने क्षेत्राधिकार भन्दा परको जस्तो देखिन्छ ।’ 

 

मेडिकल काउन्सिल, प्राध्पापक संघ जस्ता निकाय केही नबोल्ने, एक व्यक्तिले १५–१५ पटक अनसन बस्नु पने हो भने त्यस्ता निकायको अर्थ के रह्यो र ? यो प्रकारले माग्दै जाने, वैद्यता दिँदै जाने हो भने राज्य संयन्त्र र नीति नियममा बसेका व्यक्तिहरुको औचित्य के त ? गोविन्द केसीले एक व्यक्तिका रुपमा गरेको यो काम अनौठो छ । 

 

स्वास्थ्य क्षेत्र भनेको लगानीको उर्बर क्षेत्र हो । मेडिकल क्षेत्र नाफा आर्जनको बद्नाम क्षेत्र पनि हो । मेडिकल खोल्न ठूलो प्रतिस्पर्धा हुने गर्छ । यसो हुनुको मुख्य कारण शिक्षा दिनु होइन, नाफाखोरी गर्नु हो । 

 

डा. गोविन्द केसीले उठाएको राम्रा मागको आवरणमा आफ्नो स्वार्थ साँध्ने गिरोह छ । त्यो डा. केसीले जानेर होस् वा नजानेर उहाँले त्यो गिरोहलाई फाइदा पुर्याइरहनु भएको छ । राम्रो कुरालाई समर्थन त गर्ने तर त्यसभित्रका गलत कुराहरुलाई अन्धो भएर समर्थन गरिरहनु पनि अर्थपूर्ण हुँदैन । 

 




यति भएर पनि म फेरि पनि भन्छु कि गोविन्द केसीको माग पूरा गनुहुँदैन भन्दिन । केसीले उठाएका माग किन सुन्न ? भन्ने प्रश्न गर्नेहरु पनि छन् । त्यो भनेको राज्यको स्वेच्छाचारिता हो । राज्य भनेको आम मानिसको अभिभावक हो । नागरिक समाज र नीति निर्माताहरुबीचको सहजकर्ता हो । यसकारण राज्यले गैरजिम्मेवार हुन मिल्दैन । राज्य संयमित हुनुपर्छ । 

 

राज्यले डा. गोविन्द केसीले उठाएको माग उचित छैनन् भन्ने प्रमाणित गर्यो भने हामी त्यो बहसमा सहभागी हुन सक्छौं । प्रा. डा. केसी भन्छन्,  ‘डा. केसी सरकारका कर्मचारी हुन् । कर्मचारीले आन्दोलन गर्न पाउँदैन । कांग्रेस हुन्, यो हुन्, त्यो हुन् भनेर उपेक्षा गर्न चाहिँ मिल्दैन ।’ 

 

प्रा.डा केसीले नेपालमा मेडिकल कलेज शिक्षा दिने नियतले भन्दा पैसा कमाउने आशाले खुल्ने गरेको दावी गरेका छन् । उनले भने, ‘यो क्षेत्रमा कर्पोरेट क्षेत्र प्रवेश गरेको छ । माफियाहरु पनि छन् । मेडिकल कलेजको नाममा उद्योग व्यवसायको रुपमा सञ्चालन दिने काम भएको छ । वीरगञ्जतिरको एक मेडिकल कलेजलाई छ करोड कर सरकारले मिनाहा गरिदियो । म्यानपावर, मेडिकल कलेज जस्ता क्षेत्रमा सोझै उद्योग व्यापार सञ्चालन भइरहेको छ ।’ 

 

कम्युनिष्ट सरकार भएको बेला गोविन्द केसीले उठाएका माग यो सरकारका लागि पथप्रदर्शक हुनु पर्ने । तर दूर्भाग्यले हुन सकिरहेको छैन । तर नेपालका कम्युनिष्ट कुनै कम्युनिष्ट हैनन् । कम्युनिज्म र यो सरकारबीच कुनै सम्बन्ध छैन । मैले नेपालको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधि गरेको हुँ । यसकारण पनि म यो दाबी गरिरहेको छु । 

 

खडे बाबा डाक्टर तयार पार्ने, नक्कली बिरामीले बेड भरेर मेडिकल कलेज सञ्चालन भइरहेका छन् । वीरगञ्ज र जनकपुरका मेडिकल कलेज विवादमा आए । बिर्तामोडमा रहेको बि एन्ड सी मेडिकल कलेज पनि त्यही क्रमको निरन्तरता हो भन्ने लाग्छ । र यी सबैमा नेताहरुकै लगानी छ भन्ने पनि छ । सुपरमार्केटकै कुरा गरौं न । नेपालमा कुनै पनि सुपरमार्केट छैन जहाँ नेताको लगानी नभएको होस् । चाँडै प्रतिफल लिन चाहनेले मेडिकल कलेज खोल्न खोज्छन् । मेडिकल कलेजमा शंकास्पद लगानी छ । 

 

केपी ओलीले काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न कुनै पनि हालतमा नरोकिने बताइसकेका छन् । डा. केसी टिप्पणी गर्छन्, केपी ओलीले काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न कुनै पनि हालतमा नरोकिने बताइसकेका छन् । डा. केसी टिप्पणी गर्छन्, ‘प्रधानमन्त्रीका रुपमा केपी ओलीको यो नै अन्तिम हो । उमेर र स्वास्थ्यका कारणले पनि उनी फेरि प्रधानमन्त्री हुन्छन् जस्तो लाग्दैन । यस्तो इतिहास रच्ने बेलामा उनले आफै नांगिएर किन बोलिरहेका छन् ?’ 


  
 
 

डा. गोविन्द केसी प्रा.डा. सुरेन्द्र केसी नेपाल मेडिकल काउन्सिल

विशेष