कभर स्टोरी अन्तरवार्ता भिडियो

म ‘अछामी बड्डो’ नामै काफी छ !

म ‘अछामी बड्डो’ नामै काफी छ !

‘अछामी बड्डो’  नामै काफी छ !  २०५५ सालदेखि डेउडा सांगीतिक क्षेत्रमा प्रवेश गरेका लालबहादुुर धामी ‘अछामी बड्डो’  अहिले सांगीतिक बजारमा निकै चर्चित छन् । अछाममा जन्मिएका धामी कक्षा १२ सम्मको अध्ययन सकिएपछि कन्चनपुरको महेन्द्रनगर झरेका थिए । सानैदेखिका संगीतका पारखी धामीको पहलो गीत ‘माया जाल’ थियो । 


समय परिस्थिति र पहिलो गीत भएका कारण त्यो गीतले त्यति धेरै सफलता हासिल गर्न सकेन । त्यसपछि धामीले एकपछि अर्को गीत निकाल्दै गर्दा टिपिकल डेउडा गीत ‘यो अछामी बड्डो’ बजारमा ल्याए । जुन गीतले धामी वाहवाह बने । यो गीतले लालबहादुर धामीलाई अब्बल कलाकारको पहिचान दिलायो । अहिले उनी यही गीतको सफलताले हौसिएर एकपछि नयाँ गीत बजारमा ल्याईरहेका छन् ।


 पछिल्ला सबै गीत स्रोता दर्शकबाट औधी रुचाइएका देखिन्छन् । लालबहादुर धामी ‘अछामी बड्डो’  गायक मात्र होइनन् । उनी एक कुशल रेडियो कार्यक्रम सञ्चालक पनि हुन् । उनले महेन्द्रगरकै स्थानिय एफएम रेडियोमा डेउडा संस्कृतिको जगेर्ना गर्नको खातिर कार्यक्रम चलाउँदै आएका छन् ।

 

अहिले उनको भुटन भाटन कार्यक्रम प्रदेश ७ मा निकै चर्चित छ ।  पढाई स्नाकोत्तर तह पुर्‍याएका धामी कहिलेकाँही शिक्षक बन्ने रहर जाग्ने गरेको बताउँछन् । तर श्रोता दर्शकले यति धेरै माया पाएकाले यही क्षेत्रमा समर्पित हुन चाहेको उबी बताउँछन् । 



अहिले हरेक स्टेज कार्यक्रममा धामीको माग बढ्दो छ । उनी यसरी नै श्रोता दर्शकको प्रेरणा मिलिरहे यही क्षेत्रमा समर्पित हुने बताउँछन् । यसै विषयमा नेपाल आजका लागि चर्चित गायक लालबहादुर धामी ‘अछामी बड्डो’ ले प्रताप ओलीसँग गरेको रमाइलोकाे कुराकानी अंश:


मेरो लगाव सानैदेखि गीत संगीतमा थियो । म सानैदेखि रेडियो सुन्ने, गीत गाउने गर्दै आएको थियो । मेरो बुबाको पनि मलाई गायक बनाउने सपना थियो । महेन्द्र आएर मैले २०५५ सालमा पहिलो चोटी माया जाल नामक पहिलो गीत बजारमा ल्याएँ । मेरो सपना पुरा गर्न मेरो बुबाको ठूलो हात छ । उहाँ मलाई गायक बनेको हेर्न चाहनुहुन्थ्यो । उहाँकै कारण म गायक बनेको हुँ । अहिले उहाँ यो संसारमा हुनुहुन्न तर उहाँको प्रेरणा नै जिउने आधार बनेको छ । 



त्यतिबेला १० देखि १३ हजारसम्म लगानी लगाएर गीत निकाले थिएँ अहिले डेढ लाखभन्दा भन्दा कम्तीमा गीत नै रेकर्ड हुँदैन । उतिबेला बजार सस्तो र प्रविधि कम थियो । अडियो क्यासेट मात्र हुन्थ्यो । ती क्यासेटहरु पसल, गाउँ लगेर विक्री गर्नुपथ्र्यो । अहिले त के छ र जस्तो गाए पनि मिठो बनाउन सकिन्छ ।

 

भिडियो सहितका गीतहरु युट्युबमा आउँछन्। जहाँतहीँ हेर्न सकिन्छ । सुरुको जग मेरो रेडियो हो । पहिलो चोटी रेडियोको स्टुडियो छिर्दा डराएर फिर्ता भएको थिएँ । विस्तारै बोल्दै जाँदा निखारिएँ । अछामी बड्डो भनेर मात्र बढी मलाई चिन्छन् ।

 

म मैले गाएको गीतमा रमाईलो पाराले अछामी बड्डाको भूमिकामा छु । त्यसमा लगाएको ड्रेस सबै भिडियो र स्टेजमा लगाउन चाहन्छु । किनभने मैले सुरुआत नै यही ड्रेसबाट गरेको हुँ । र, मलाई चिन्छन् यही ड्रेसबाट । मैले पछिल्लो समय यो 'अछामी बड्डो', 'खप्तडी रोल''डोटीकी छाेर्‍याट्टी' गीतबाट सोचेभन्दा बढी सफलता पाएको छु । प्रदेश ७ का सञ्चारकर्मी केन्द्रिय मिडियामा हँुदा पनि डेउडाले मिडिया नपाउँदा मलाई दुख लाग्छ ।


म पछिल्लो समयमा डेउडामा परिवर्तन र विकृति आएको देख्छु तर मेरो आरोप कसैलाई होईन । एउटा त समयको माग हो । अर्को हामीले पनि हाम्रो संस्कृतिप्रति संवेदनशिल नभइदिदा यस्तो भएको हुनसक्छ ।


मेरो खाना
म साधारण खाना खान रुचाउँछु र घरकै खाना खान्छु ।


मेरो कपडा 
म बजारमा आएका नयाँ आधुनिक कपडाहरु लगाउन रुचाउँछु । विशेषतः जिन्सको पाइन्ट र टिर्सट लगाउँदै हिँड्ने गर्छु ।


मेरो खुसी 
म कलाकार बनेर यति धेरै दर्शक, स्रोता कमाएँ यहि नै मेरो खुसी हो । यही साथ, सहयोग र हौसलाले मलाई यो क्षेत्रमा काम गर्ने जाँगर दिइरहन्छ । म अछामी बड्डो ब्राण्ड बनेकोमा खुसी छु ।


मेरो राजनीति
मेरो राजनीतिमा चासो नै राख्दिनँ । जो पार्टी भएपनि देशका जनताको हित गर्ने पार्टी हुनुपर्छ ।


 मेरो मनपर्ने नेपाली नायक
मेरो मनपर्ने नायक राजेश हमाल दाई हुन् । उनको साधारण शैली मन पर्छ ।


मेरो मनपर्ने ठाउँ 
म खासै त घुमेको छैन । घुमेका ठाउँ मध्ये मलाई खप्तड राष्ट्रिय निकुञ्ज अति नै मनप¥यो । त्यहाँका हरियाली पाटन, जङ्गलले मेरो मन छोयो ।


मेरो मनपर्ने गायिका 
मेरो मनपर्ने गायिका डेउडा गायिका हरिनादेवी साउँद हुन् । उहाँको मिठो स्वर र सोझी हुनुहुन्छ । 


मेरो मनपर्ने  गायक 
मेरो मनपर्ने गायक नरेन्द्रराज रेग्मी हुन् । उहाँ छिट्टै सुझाव सल्लाह दिनुहुन्छ । 
 

डेउडा लालबहादुुर धामी अछामी बड्डो

विशेष