खेल

इतिहास दाेहाेर्याउँदै फ्रान्स, ४–२ अघि

इतिहास दाेहाेर्याउँदै फ्रान्स, ४–२ अघि

काठमाडाैं । रूसकाे राजधानी मस्काे सहरस्थित लुज्निकी रंगशालामा अाइतबार विश्वकप फुटबलकाे फाइनल खेल भइरहेकाे छ । फ्रान्स क्राेएसियाविरूद्ध ४–२ ले अघि रहेकाे छ ।  

 

खेलकाे ६९ अाैँ मिनेटमा मारियाे मान्डुज्किले क्राेएसियालार्इ दाेस्राे गाेल दिलाए । खेलकाे २८ अाैँ मिनेटमा क्राेएसियाका इभान पेरिसिकले गाेल गर्दै खेललार्इ बराबरीमा ल्याएका थिए । १८ अाैँ मिनेटमा मारियाे मान्डुज्किले फ्रान्सकाे फ्रि–किकलार्इ विथाेल्न खाेज्दा अाफ्नै पाेस्टमा गाेल गर्न पुगेका थिए । 

 

६५ अाैँ मिनेटमा एम्बाप्पेले गाेल गर्दै फ्रान्सलार्इ दाेस्राे उपाधिकाे नजिक पुर्याएका छन् । ५९ अाैँ मिनेटमा पाेग्बाले गाेल गर्दै फ्रान्सलार्इ ३–१ काे अग्रता दिलाएका हुन् । ३८ अाैँ मिनेटमा एन्टाेइन ग्रिजम्यानले पेनाल्टीमार्फत गाेल गर्दै फ्रान्सलार्इ २–१ काे अग्रता दिलाएका थिए । डिबक्स भित्र ह्यान्ड बलकाे अपिल गरेपछि भिएअारकाे प्रयाेग गरिएकाे थियाे । 

 

२१ अाैँ विश्वकप ट्रफिका लागि पहिलाे पटक फाइनलमा पुगेकाे क्राएसिया र १९९८ काे विजेता फ्रान्स प्रतिस्पर्धा गरिरहेका छन् । फ्रान्सविरूद्ध काेएसियाले अहिलेसम्म ५ खेल खेलेकाे छ जसमध्ये ३ हार र २ बराबरी खेल खेलेकाे छ । विश्वकपमा फ्रान्स र क्राेएसियाले १९९८ काे सेमिफाइनलमा प्रतिस्पर्धा गरेकाे थियाे । उक्त खेल फ्रान्सले २–१ ले विजयी भएकाे थियाे । 

 

त्याे बेला अायाेजक रहेकाे फ्रान्ससँग पराजित भएकाे क्राेएसियालार्इ बदला लिँदै इतिहास लेखाउने माैका छ । सेमिफाइनलमा बलियाे टाेली इंग्ल्यान्डलार्इ २–१ ले पराजित गर्दै क्राेएसिया पहिलाे पटक फाइनलमा प्रवेश गरेकाे हाे । फाइनलमा पुगेकाे क्राेएसिया समूह चरणदेखिनै उत्कृष्ट लयमा देखिएकाे छ । 

 

यता फ्रान्सले बलियाे प्रतिद्वन्दी बेल्जियमलार्इ १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेसँगै इतिहास दाेहाेर्याउन चाहन्छ । फ्रान्सले विश्वकप २०१८ जित्न सके दाेस्राे उपाधि हुनेछ भने क्राेएसियाले जिते पहिलाे पटक उपाधि चुम्ने छ । क्राेएसियाले जितेकाे खण्डमा विश्वकप जित्ने राष्ट्रकाे संख्या नाै पुग्नेछ । 

फ्रान्स क्राेएसिया

विशेष