फ्रान्सले उपाधि उचालेपछिकाे खुसीयाली फाेटाेफिचर
काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको छ ।
पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४–२ को जितसहित दोस्रो पटक उपाधि उचालेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो । पहिलो पटक फाइनलमा पुग्दै पराजित भएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १–१ गोल गर्न सफल भयो ।
खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो ।
फ्रान्सका लागि एन्टोइन ग्रिजमनले हानेको फ्रि किक बल क्रोएसियाका मारियो मान्जुकिजले बचाउन खोज्दा जाली चुम्न खोजेको थियो ।
त्यसपछि खेलको २८ औँ मिनेटमा गोल क्रोएसिया खेलमा फर्किएको थियो । लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्स भित्र अल्मलिएको अवस्थामा इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
डि बक्स भित्र क्रोएसियाका खेलाडीले हेन्ड गरेपछि अर्जेन्टाइन रेफ्रीले भीएआरको सहयोग लिएका थिए । भीएआरको सहयोगमा हेन्ड भएको देखिएपछि फ्रान्सले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता २–१ बनाएको थियो ।
यसअघि १७ औँ मिनेटमा फ्रान्सले फ्रिकिकबाट गोल गरेको थियो भने २८ औँ मिनेटमा क्रोएसियाका पेरिसिकले सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
तर डी बक्स भित्र हेन्ड भएको भन्दै अर्जेन्टाइन रेफ्री पिटानाले भिडियो एसिस्टेन्स रेफ्री (भीएआर) को सहयोगमा पेनाल्टी दिएपछि खेलको ३८ औँ मिनेटमा फ्रान्सले २–१ को अग्रता बनायो ।
उसका लागि एन्टोइन ग्रिजमनले पेनाल्टीबाट गोल गर्दै अग्रता २–१ बनाएका थिए । पहिलो हाफको खेल २–१ मा सकिएको अवस्थामा फ्रान्सले दोस्रो हाफमा अझ आक्रमक खेल खेल्यो ।
उसका लागि खेलको ५९ औँ मिनेटमा पल पोग्बाले अर्को गोल थपे । पहिलो पटक हानेको बल डी एरियाबाट राम्ररी क्लियर नभएको अवस्थामा दोस्रो प्रहारमा पोग्बाले जाली चुमाउँदै अग्रता ३–१ बनाए ।
त्यसको ६ मिनेटपछि अर्थात् ६५ औँ मिनेटमा १९ वर्षीय स्ट्राइकर एम्बाप्पेले उत्कृष्ट गोल गर्दै अग्रता ४–१ मा पुर्याए । तर, क्रोएसियाले पनि हार मानेन । उसका लागि मारियो मान्जुकिजले खेलको ६९ औँ मिनेटमा गोल गरे। फ्रान्सका किपर ह्युगो लोरिसले डी एरियाबाट बल क्लियर गर्न खोज्दा पुगेका मान्जुकिजल सीधै जाली चुमाइदिए ।
विश्वकप फुटबल क्रोएसिया फ्रान्स