मनोरञ्जन

पोर्न स्टार सनी लियोन पुनः विवादमा  ‘करनजीत कौर’ रिलिज नगर्न चेतावनी 

पोर्न स्टार सनी लियोन पुनः विवादमा  ‘करनजीत कौर’ रिलिज नगर्न चेतावनी 

नयाँदिल्ली । भारतको मायानगरी मुम्बई धेरैका लागि अनौठो लाग्छ । किनभने मुम्बई भारतीयहरूका लागि भाग्य परीक्षण स्थल हो । मुम्बईमा एक पटक सफलता पायो भने जिन्दगीमा खुसियाली नै खुसियाली । सफलता पाएका व्यक्तिले जीवनमा अँध्यारोको मुख कहिल्यै देख्न पर्दैन । 


यस्तै भाग्य परीक्षामा सफल भएकी भारतीय मूलकी पूर्व पोर्न स्टार सनी लियोन फेरि एक पटक चर्चाको शिखरमा छन् । यो पटक उनी अश्लील चलचित्रका लागि नभई उनको जीवनसम्बन्धी बन्न लागेको चलचित्रलाई लिएर विवादमा तानिएकी हुन् ।

 

‘करनजीत कौर’ नाम दिइएको चलचित्रमा सनीको बाल्यकालदेखि उनी बलिउड अभिनेत्रीसम्म सफल भएकी कथाव्यथा समेटिएको छ । 


गत जुलाई ५ का दिन उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएलगत्तै फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमा चलचित्रको विषयलाई लिएर पक्ष विपक्ष र समर्थन र विरोध सुरु भएको हो ।

 

सनी लियोन भारतीय शिख मूलको सन्तान भएकीले उनको विगतको अश्लील चलचित्र छविलाई लिएर नकारात्मक सन्देश व्याप्त रहेकाले शिख समुदायको कला, संस्कृतिलाई प्रतिनिधित्व गरेर बनाइएको फिल्मको कुनै तुक नभएकाले त्यस्ता फिल्मको महत्व समर्थन गर्न नसकिने शिख समुदायको भनाइ रहेको छ । 

 

भारतीय शिख समुदायको आधिकारिक संस्था शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले सनीको चलचित्रलाई लिएर औपचारिक रूपमा विरोध गर्ने निर्णय गरेको छ ।

 

समितिले चलचित्रमा ‘कौर’ शब्दको प्रयोग गरेकोमा आपत्ति जनाएको छ । शिख समुदायमा कौर भन्ने शब्दको अर्थ ‘राजकुमारी’ हुन्छ र यो उपनाम शिख महिलाहरूले प्रयोग गर्छन् । सनी लियोनले पनि आफ्नो फिल्ममा कौर नामक शब्द प्रयोग गरेका छन् । 


समितिका प्रवक्ता दलसिंह बेदीले हालै बिबिसीसँग कुरा गर्दै भने, ‘उनी अश्लील चलचित्रकी स्टार हुन् । उनी बालिका छँदा शिख थिइन् । पछि उनी धर्म परिवर्तन गरी इसाई भइन् ।

 

उनकी पति पनि इसाईनै हुन् । शिख धर्ममा ‘सिंह’ र ‘कौर’ जस्ता उपनामको धेरै महत्वपूर्ण भएकाले उसले यी उपनामको प्रयोग नगरेको भए हुन्थ्यो, जसले शिख धर्मावलम्बीहरूलाई ठेस पु¥याएको छ । त्यसकारणले उनले कौर शब्दको प्रयोग नगर्दा राम्रो हुन्छ ।’

 

बेदीले भने, ‘चलचित्रमा कौर शब्दको प्रयोगसम्बन्धमा हामी विरोभ अगाडि बढाउँछौं ।’
बिबिसीले सनी लियोनको जीवन कौर शब्दसँग जोडिएकाले उनले त्यो शब्द किन प्रयोग गर्न नमिल्ने भन्ने प्रश्नको उत्तरमा बेदी भन्छन्, ‘सनी एक इसाई भएको नाताले ऊ जे गर्न चाहन्छन् गर्न सक्छन् । तर, उनले कौर शब्द प्रयोग नगरे हुन्छ । होइन, सनीले आफ्नो फिल्म ‘सनी लियोन अनटोल्ड स्टोरी’ को नाममा किन प्रदर्शन गर्न सक्दैन ?’

 

न्युज वेबसाइट डिएनएको एक खबरअनुसार उक्त फिल्मका निर्देशक आदित्य दत्तले फिल्मसम्बन्धी उत्पन्न विवादलाई लिएर प्रतिक्रिया दिँदै भने, ‘म शिख समुदाउको भावनाको सम्मान गर्दछु । र, म पनि एक शिख हुँ । तर, अचम्मित छुँ कि आधुनिक समयमा कसैले  पारिवारिक नामको प्रयोग गर्दा किन विरोध हुन्छ ?’     

 

शिख धर्मका दसौँ गुरु गोविन्द सिंहले धर्ममा मानिसहरूलाई सामेल गराउँदै पुरुषलाई ‘सिंह’ र महिलालाई ‘कौर’ उपनाम प्रदान गरेका थिए । 

 

शिख धर्म सिद्धान्तअनुसार महिला र पुरुषको स्थान बराबर हुन्छ । महिलाहरूले पुरषको जात लेख्नु जरुरी मानिँदैन् । 
फिल्ममा के छ ?

 

आफ्नो जीवन कहानीलाई लिएर बनिरहेको उक्त ‘करनजीत कौर’ फिल्ममा सनी लियोन आफैँले पनि अभिनय गरेकी छन् । योभन्दा पहिले विश्वविख्यात मुक्केबाज मोहम्मद खलीको जीवन कहानीमा आधारित फिल्म ‘द ग्रेटेस्ट माई ओन स्टोरी’ मा मोहम्मद अलीले पनि अभिनय गरेका थिए । 


करनजीत कौरमा सनीकी पति ड्यानिएल बेवरको भूमिकामा मार्क बकरले अभिनय गरिहेको छ । 
फिल्म विश्लेषकहरूका अनुसार बायोपिक फिल्मको दुनियाँमा सनी लियोनको पनि बायोपिक फिल्म संग्रहनीय पर्ने विश्वास गरिन्छ ।      
(बिबिसीको आलेखको सहयोगमा)

सनी लियोन ‘करनजीत कौर’

विशेष