मुख्य समाचार स्वास्थ्य समाज

डा. केसीको मुटुको चालमा गडबडी

डा. केसीको मुटुको चालमा गडबडी

जुम्ला । चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ ।

 

मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गडबडी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

 

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

 

‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ । 

 

निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

डा गोविन्द केसी अनशन चिकित्सा शिक्षा सुधार

विशेष