मुख्य समाचार स्वास्थ्य

डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याइने

डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याइने

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आज काठमाडौं ल्याइने भएको छ ।

 

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएको छ । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ ।

 

यहीबीच बुधबार बसेको नेकपाको बैठकले केसीलाई काठमाडौं ल्याउने र मागबारे छलफल गर्ने निर्णय गरेको छ ।

 

केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारीमा सरकार लागे पनि कतिबेला ल्याइँदै छ भन्नेबारे केही बताइएको छैन । यद्यपि, उनी पक्षीय चिकित्सकले भने बलजफ्ती काठमाडाैं लैजान लागिएकाे भन्दै विराेध जनाएका छन् ।

 

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा १९ दिनदेखि अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

डा. गोविन्द केसी

विशेष