खेल

 सबैभन्दा चाँडो हजार रन पूरा गर्ने विश्व कीर्तिमान फखरकाे नाममा

 सबैभन्दा चाँडो हजार रन पूरा गर्ने विश्व कीर्तिमान फखरकाे नाममा

एक दिवसीय क्रिकेटमा डेब्यु गरेका पाकिस्तानी ओपनर ब्याट्सम्यान फखर जमानले सबैभन्दा चाँडो १ हजार रन पूरा गर्ने नयाँ विश्व कीर्तिमान बनाएका छन् । उनले एक वर्षअघि मात्र एक दिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

 

अहिलेसम्म १८ पारी ब्याटिङ गरेका फखरले जिम्बाब्वेविरुद्धको पाँचौ एक दिवसीय क्रिकेटमा यो उपलब्धी हासिल गरेका हुन्  ।फाखरले २१ पारीमा १ हजार रन पूरा गरेका वेस्ट इण्डिजका सर भिभियन रिचर्ड्स सहित इंग्ल्याण्डका केभिन पिटर्सन, जोनाथन ट्रट, दक्षिण अफ्रिकाका क्विण्टन डी कक र पाकिस्तानकै बाबर आजमको कीर्तिमान तोडेका हुन् । 

 

यसैगरी फखरले जिम्बाब्वेविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा नट आउट २१० रनको दोहोरो शतक बनाउने पहिलो पाकिस्तानी क्रिकेटर को कीर्तिमान पनि बनाएका छन् । 

 

उनले पहिलो विकेटका लागि इमाम उल हकसँग ३०४ रनको साझेदारी गर्दै विश्व क्रिकेट इतिहासमा सबैभन्दा धेरै रनको साझेदारी गर्नेमा आफ्नो नाम लेखाएका छन् ।

 

सुरुवाती जोडीले बनाएको यो साझेदारीले सन् २००६ मा सनथ जयसूर्या र उपुल थरंगाले बनाएको २८६ रनको कीर्तिमानलाई तोडेको हो । 

खेल फखर

विशेष