अन्तरवार्ता भिडियो सामाजिक सञ्जाल समाज

प्रहरीमा सबैभन्दा बढी गुनासो साइबर सम्बन्धी आउँछ (भिडियोसहित)

प्रहरीमा सबैभन्दा बढी गुनासो साइबर सम्बन्धी आउँछ (भिडियोसहित)

काठमाडौं । धेरै जनसंख्या र राजधानी भएका कारण पनि काठमाडौंको सुरक्षा चुनौती सधै चासोको विषय हुने गर्छ । राजधानी काठमाडौंमा दिनदहाडै गोली प्रहारबाट प्रभावशाली मानिसहरुको हत्या गरिएको छ ।

 

अपहरण, गुण्डागर्दी, आर्थिक अपराध, वेश्यावृत्ति आदिले काठमाडौंको सुरक्षा चुनौती सधै बढाइरहेको छ । तर पछिल्लो समय काठमाडौं धेरैहदसम्म शान्त छ । यो शान्ति बाहिरी मात्रै हो कि वास्तवमै स्थिति सुदृढ भएको हो ? यो प्रश्नको जवाफ नेपाल आजले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक विश्वराज पोख्रेलसँग मागेको छ । 

 

प्रहरीको नजर यसपटक विश्वकपको सट्टेबाजीमा पनि पर्यो । १५ समातिए । आफ्ना समस्या लिएर प्रहरीमा कस्ता मान्छे बढी पुग्छन् ? एसएसपी पोख्रेल भन्छन्, ‘साइबर क्राइम बढेको छ । सामाजिक सञ्जालहरुबाट पीडा पाएकाहरुको गुनासो बढी छ । धेरैजसो महिलाहरु फेसबुकबाट पीडित छन् । पीडा हुने कारण यौनजन्य पाइएको छ । ’



मानिसहरुलाई चाँडो धनी हुनु परेको छ । चाँडो धनी हुने लालसमा मानिसहरु आर्थिक अपराध गर्न पुग्छन् । बैंक तथा वित्तिय संस्थामा रहेर पनि अरुको निक्षेपमा मनलाग्दी गर्दा धेरै मानिसहरु फसेका छन् । एसएसपी पोख्रेल भन्छन्, ‘सहकारी, बैंकमा पैसा राख्दा पनि अरुले बेइमानी गरिदिँदा मानिसहरु ठगिएका छन् ।’

 

काठमाडौं सुतेपछि ठमेल र दरबारमार्गका गल्लीहरु ब्युँझिन्छन् । गल्लीलाई रंगीन बनाउन तेस्रो लिंगीहरु स्कुटीमा रिमिक्क भएर बस्छन् । उनीहरुको सेवा विशुद्ध रुपमा यौन नै हो । तेस्रो लिंगीले यौन व्यापार गरेको सबैले खुलेआम देख्छन् । यस्ता परिदृश्यको सबैभन्दा भुक्तभोगी साँक्षी त स्थानीय प्रहरीहरु नै हुन् । तर प्रहरी पनि तेस्रो लिंगीबाट आजित छन् । 

 

एसएसपी पोख्रेल भन्छन्, ‘तेस्रो लिंगीहरुसँग नजिक हुने भनेको पुरुष ग्राहकहरु नै हुन् । ती ग्राहकले प्रहरीलाई सहयोग नगरेसम्म कारबाही गर्न गाह्रो हुन्छ । यसको मतलव कारबाही नै नभएको भन्ने होइन ।’

 

कस्तो कारबाही हुन्छ त उनीहरुलाई ? पोख्रेल भन्छन्, ‘सार्वजनिक मुद्दा लगाएर केही दिन थुन्छौं । निस्केपछि फेरि सडकमा स्कुटी तेस्र्याउन पुगिहाल्छन् ।’ 
 

विश्वराज पोख्रेल महानगरीय प्रहरी

विशेष