खेल

जर्मनीका ओजिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

जर्मनीका ओजिलले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

जर्मनीका मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । इंग्लिस क्लब आर्सनलका मिडफील्डर ओजिललाई विश्वकपमा जर्मनीको खराब प्रदर्शनको आरोप पनि लाग्दै आएको थियो ।

 

टर्कीका राष्ट्रपति रिसेप तयोप एर्दोगानसँग लण्डनमा फोटो खिचाएपछि ओजिल अझैँ आलोचना भएका थिए । टर्कीका राष्ट्रपतिसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना खेपेका २९ बर्षिय ओजिलले नस्लवादको आरोप र आत्मसम्मानमा चोट पुगेको भन्दै सन्यासको घोषणा गरेको बताएका छन् । 


२००९ मा डेब्यू गरेका ओजिलले ९२ क्याप जितेका छन् । जर्मनीका लागि २३ गोल गरेका ओजिल २०१४ को विश्व विजेता हुँदा महत्वपूर्ण खेलाडी बनेका थिए ।

 

पाँच पटक जर्मन प्लेयर अफ दी इयर हात पारेका ओजिलले सन्यास घोषणा गर्दाको विज्ञप्तिमा भनेका छन्, ‘सन्यास घोषणा गर्नु आफैमा मेरा लागि कठिन र चुनौतिपूर्ण काम हो ।’

 

जर्मनी र टर्कीका राष्ट्रपति बीच राम्रो सम्बन्ध नभएका कारण फोटो प्रकरणमा ओजिलमाथि नेताहरुले आक्रोश व्यक्त गरेका थिए । यस विषयमा पनि उनले प्रष्टिकरण दिँदै टर्कीमा राजनीतिक स्वार्थपूर्तिका लागि प्रोपोगाण्डा मच्चाएको उल्लेख गरेका छन् ।

फुटबल ओजिल

विशेष