बुगी–उगीका भुजेल भन्छन्, ‘म डान्सबाटै केही गर्नेछु’ (भिडियोसहित)
काठमाडौं । मनोरञ्जनात्मक टेलिभिजन कार्यक्रम बुगी–उगीका प्रतिस्पर्धी रविन भुजेल गत शुक्रबार टप चारबाट बाहिरिएका छन् । भुजेल स्टेजबाट बाहिरिएसँगै यतिबेला उनलाई थुप्रै अफरहरू आइरहेका छन् ।
उनले भने, ‘यति बेला विभिन्न स्टेज कार्यक्रमहरूका साथै चलचित्रको पनि अफर आएको छ ।’ बुगी–उगीमा आउनुअघि उनको एउटा भिडियो पनि भाइरल भएको थियो । जसका कारण उनलाई दर्शकहरूले शाहरुक खान भनेर चिन्दै आएका थिए ।
केही समयपछि रविनलाई फिल्मको पर्दामा देख्न पाउने छन् उनका शुभचिन्तकहरूले । टप चारबाट बाहिरिए पनि उनी विचलित भने भएका छैनन् ।
उनी भन्छन्, ‘टप चारसम्म पुग्छु भन्ने सोचेको थिइनँ्, यहाँसम्म आइपुग्नु नै म र मेरो परिवारका लागि जित हो ।’
भुजेलले भने, ‘आफ्नोतर्फबाट राम्रै प्रस्तुति दिएको थिएँ, तर, दर्शकहरूको भोटिङको कमीले बाहिरिएको हँु ।’
उनलाई दर्शकहरू र कोरियोग्राफरहरूले ‘तिमी यो बुगी–उगीको आइडल विजेता नभएता पनि एउटा राम्रो डान्सर हाँै’ भन्दा आफूलाई गर्व गर्छन् र डान्सकै क्षेत्रबाट केही गर्ने एउटा सुन्दर सपना देख्छन् रविन भुजेल ।
रविन भुजेल एउटा कुशल डान्सर मात्र नभएर एउटा कुशल एक्टर पनि हुन् । उनी सानैदेखि एक्टिङ गर्न धेरै रुचाउँथे । उनले हरेक कुरामा एक्टिङ गरेर आमालाई समेत दिक्क बनाउँथे । पछिल्लो समयमा दर्शकहरूले उनको डान्सलाई मात्र नभएर उनको एक्टिङलाई समेत मन पराएका छन् । उनको सानैदेखिको रुचि बुगी–उगीको यात्रासँगै पूरा हुने भएको छ ।
रविन भुजेल