खेल मुख्य समाचार

नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात हासिल गर्‍याे

नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात हासिल गर्‍याे

काठमाडौं  । इंग्ल्याण्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जित हात हासिल गरेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमामा भने इष्ट लण्डन ११ माथि शानदार जित हासिल गरेको हो ।

 

नेपालले उसलाई २२३ रनले पराजित गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिलकुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।

 

यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए । ३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

 

इस्ट लन्डनलाई सस्तैमा समेट्न नेपालका भेट्रान स्पिनर शक्ति गौचनले ४ तथा करण केसी र ललित राजबंशीले २-२ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए। इंग्ल्यान्डको लर्ड्समा आइतबार हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसँगको एकदिवसीय क्रिकेट सिरिजको लागि नेपाली क्रिकेट टिम अहिले युरोप भ्रमणमा रहेको छ।

 

यसअघि नेपालले ५० ओभरको पहिलो अभ्यास खेलमा ह्यामसायर होग्सलाई २४३ रनको फराकिलो अन्तरले हराएको थियो भने दोस्रो अभ्यास खेलमा दोस्रो अभ्यास खेलमा नेपाल पराजित भएको थियो। टी- ट्वान्टी अन्तर्गत भएको दोस्रो अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको थियो।

 

इष्ट लन्डनपछि अब नेपालले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कसँग बिहिबार टी-ट्वान्टी खेल्नेछ। एक दिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिईसकेको छ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछ। नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट अगस्ट १ र ३ मा खेल्नेछ। 

नेपाली क्रिकेट टिम इंग्ल्याण्ड भ्रमण

विशेष