कभर स्टोरी भिडियो

बुगी उगीका सरोज, प्रगति र कवितासँग प्रेमका कुरा (भिडियोसहित)

बुगी उगीका सरोज, प्रगति र कवितासँग प्रेमका कुरा (भिडियोसहित)

काठमाडौं । एपी वान टेलिभिजनको नृत्य ‘रियालिटी शो’ मा हजारौंलाई पछाडि पार्दै अन्तिम तीनमा पर्न सफल भएका छनः   कविता नेपाली, सरोज मोक्तान र प्रगति पुन । उनीहरुले यो कार्यक्रमबाट जीवनमा पहिलो पटक यति धेरै मात्रामा एक्सपोजर पाएको बताए । 

तीन मध्ये सरोज गीत पनि गाउँछन । सुन्दर कविता, सरल प्रगतिले यो कार्यक्रमको अन्तिम तीनसम्म आइपुग्ने कहिले नसोचेको बताए । आठ महिनादेखि उनीहरु यो प्रतिस्पर्धामा छन । घर परिवारसँग भेट हुन नपाएको उनीहरुले जानकारी दिए । 

बोल्ने कला भन्दा पनि स्टेजमा आगो बाल्न सक्ने यी तीनले आफनो जादु देखाइसकेका छन । स्टेजमा सबैलाई छक्क पार्ने गरी नृत्य गर्ने उनीहरु रियल जीवनमा कस्ता छन त ? यो जिज्ञासा मेटाउन नेपाल आज उनीहरु भए ठाउँ पुग्यो । कुराकानीका क्रममा तीनै जना सरल मिलनसार पाइए । उनीहरु एक आपसका प्रतिस्पर्धी भए पनि तीनै जनामा गहिरो मित्रता देखिन्थ्यो । उनीहरुले अरुलाई छिड्के लगाएर होइन आफै धेरै अगाडि बढेर विजयी हुनुपर्छ भन्ने मान्यता राखे । 

 

स्वस्थ प्रतिस्पर्धा र अनुशासीत प्रतिस्पर्धी उनीहरुले आफना माया प्रेमका कुरा पनि खुलासा गरे ।  

रियालिटी शो कविता नेपाली सरोज मोक्तान प्रगति पुन

विशेष