मनोरञ्जन

प्रदीपले कस्को फिल्म गर्लान ‘महजोडी’ की ‘धुर्मुस सुन्तली’ ?

प्रदीपले कस्को फिल्म गर्लान ‘महजोडी’ की ‘धुर्मुस सुन्तली’ ?

काठमाडाैँ । प्रदीप खड्का पछिल्लो समयमा निकै चर्चामा आएका अभिनेता हुन् । सोहि कारणले पनि बजारमा उनको माग निकै बढिरहेको छ । उनलाई लिएर निर्माता निर्देशक फिल्म बनाउन हानाथाप गरिरहेका छन् । 

 

प्रदीपलाई लिएपछि लगानी सुरक्षित हुनेमा निर्माता निर्देशकहरु पनि निश्चित छन् । ’प्रेमगीत’ बाट रातारात चर्चामा आएका उनी पछिल्लो प्रदर्शित फिल्म ‘लिलिबिली’ सम्म आइपुग्दा ’स्टार’ बनिसकेका छन् । 

 

आजभोलि उनी फिल्म ‘रोजी’ मा निकै व्यस्त रहेका छन । यो फिल्म भाद्र २२ गते रिलिज हुदै छ । हाल ‘लिलिबिली’ प्रदर्शनका लागि अष्टृेलिया पुगेका प्रदिपसँग दुई ठुला ब्यानरका फिल्म हातमा आईपुगेका छन । 

 

प्रदिपलाई अहिले, ‘धुर्मुस सुन्तली’ले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ र ‘शत्रु गते’का टीम किरण केसी र ‘महजोडी’ ले निर्माण गर्न लागेको फिल्म ‘दाल भात तरकारी’बाट उनलाई अफर आएको छ । उनी अहिले यी दुई फिल्ममध्ये कुनमा काम गर्ने भन्नेमा सबैलाई चासो बढेको छ ।   

प्रदीप खड्का फिल्म

विशेष