मनोरञ्जन

टेलिश्रृंखला ‘सिंहदरबारको भाग दुई ’ प्रसारणमा आउँदै 

टेलिश्रृंखला ‘सिंहदरबारको भाग दुई ’ प्रसारणमा आउँदै 

काठमाडौँ । नवीन सुब्बाद्वारा निर्देशित टेलिश्रृंखला ‘सिंहदरबार भाग दुई’ शनिबारदेखि प्रसारण हुने भएको छ । यो टेलिश्रृङखला हरेक शनिबार साँझ ८ः५० देखि ९ः३० बजेसम्म नेपाल टेलिभिजनबाट प्रसारण हुने निर्माण पक्षले जानकारी गराउदै ‘सिंहदरबार भाग दुई’को १३ भाग मात्र रहेकोे जनाएको छ । 

 

टेलिश्रृंखलाले नेपालको पहिलो महिला प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्रालाई काँचको पर्दामा  निरन्तरता दिएको छ । उनको भूमिकामा चर्चित अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छिन् ।

 

टेलिश्रृंखलाले नेपालमा संघीय संरचना त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाएको छ । साथै यस मार्फत संघीय संरचनाका चुनौती र अवसरहरुबारे पनि बुझ्न सकिने बताइएको छ ।

 

मानव वेचविखन, विपद् व्यवस्थापन, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार जस्ता मुद्दालाई समेटिएको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी लगाएत अन्य कलाकारको अभिनय रहेको छ ।

 

यसको पटकथा अविनास विक्रम शाह र छिरिङ्ग छोडेलको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले लेखेका छन् । भने पटकथा लेखनको सबै टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्र्ग िनर्देशन गरेका छन् ।  


 

सिंहदरबार भाग २

विशेष