भिडियो राशिफल समाज

नेपाल आजको साप्ताहिक राशिफल

नेपाल आजको साप्ताहिक राशिफल

काठमाडौं । ज्योर्तिविद् डा. वीरेन्द्रप्रसाद कायस्थले नेपाल आजको साप्ताहिक राशिफलका सम्बन्धमा षडाष्टक योगका सम्बन्धमा चर्चा गरेका छन् । 

 


उनले षडाष्टक योग परेका बेला विहाबारी गर्न नहुने र ज्योतिष विज्ञानमा यो योग अति नराम्रो मानिने हुँदा जुन राशिका जातकले आफ्नो शुभकार्य वा विवाह गर्छ त्यतिबेला ज्योतिषीय परामर्श गर्नु आवश्यक रहेको बताए । 

 


डा. कायस्थले षडाष्टक योग प्रीति र मृत्यु गरी दुई प्रकार हुने ज्योतिष विज्ञानमा उल्लेख रहेको चर्चा गरे । 

 




उनले  यस साताका लागि १२ राशिको फलादेशसम्बन्धी व्याख्या गर्दै भने, ‘यो साता खग्रास चन्द्रग्रहण परेकाले ग्रहणको असर राशिपिच्छे फरक पर्दछ । आ–आफ्नो राशिअनुसारको फलादेशलाई मनन गरी त्यसअनुसार नियम पालना गरे नकारात्मक ऊर्जाबाट बच्न सकिन्छ ।’

 


पूर्वीय ज्योतिष दर्शन शास्त्रमा फलित ज्योतिष विज्ञानको महत्व उच्च स्थानमा रहेकाले कुनै पनि राशिका जातकले प्रगति र सन्तुलित जीवनयापन गर्न विज्ञ ज्योतिषको सल्लाह लिनु श्रेयष्कर हुने डा. कायस्थको भनाइ छ ।   
 

 

ज्योर्तिविद् डा. वीरेन्द्रप्रसाद कायस्थ साप्ताहिक राशिफल

विशेष