मनोरञ्जन भिडियो

‘छोरी मान्छेले चाहे सजिलै मस्ती गर्न सक्छन्, पुरुषलाई गाह्रो’ (भिडियोसहित)

‘छोरी मान्छेले चाहे सजिलै मस्ती गर्न सक्छन्, पुरुषलाई गाह्रो’ (भिडियोसहित)

काठमाडौं । गायन क्षेत्रमा पार्बती श्री धेरै पुरानो वा धेरै नयाँ होइनन् । लोकभाकामा आधारित पार्बतीका दर्जन बढी गीतहरु दर्शक श्रोतामाझ पुगिसकेकोे  छ । यसपटकको तीज लक्ष्यित गीत पनि उनले खुमन अधिकारीसँगको सहकार्यमा सार्वजनिक गरिसकेकी छिन् । तीजका चार गीत उनले निकालिसकेकी छिन् ।  

 

तीजको गीत निकाल्ने पार्बती व्रत भने बस्दिनरहिछिन् । उनले ठट्यौली गर्दै भनिन्, ‘म आफै पार्बती, बेला बेला शिवजीले छल गरिरहन्छन् ।’ 

 

गायन, प्रेम जीवनबारे खुलेर कुरा गर्न मन पराउने पार्बतीले आफू सिंगल रहेको तर प्रेमी नभएको दावी गरिन् । ब्वाय फ्रेन्ड छैन भन्दा कसले पत्याउला र ? भन्ने प्रश्नमा उनले नभएकै जिरिक गरिन् । साथीभाईसँग जिस्किदा जिस्किदै विषय सिरियस भएको उनले अनुभव सुनाइन् । अनि अचेल अलि सोचेर कुरा गर्न थालेको उनले बताइन् । 


मानव जीवनको आधारभूत आवश्यकता, गाँस, बास र कपास मात्रै होइन यौन पनि हो भन्छिन् पार्बती । तर उनलाई यौन आवश्यक छैन रे । उनका अनुसार खानपानमा ध्यान दिने, ध्यान गर्ने हो भने यौनको चाहना हुँदैन । अहिले उनी सिंगल भएकोले त्यसै गरिरहेको उनको दावी छ । 

 

सेक्सी देखिन अंग देखाउन जरुरी नठान्ने पार्बती शरिर ढाकेर पनि सेक्सी हुन सकिने विश्वास गर्छिन् । शरिरले साथ दिन्छ भने बिकिनी लगाए पनि फरक नपर्ने उनी बताउँछिन् । राम्रो फिगर भएकोहरुले जे लगाए पनि राम्रै देखिने उनको मत छ । 

 

नेपालमा छोटा कपडा लगाउन गाह्रो लाग्ने भए पनि विदेशमा आफूलाई त्यस्तो महशुस नहुने उनले जानकारी दिइन् । उनले भनिन्, ‘त्यस्ता कति फोटा छन्, जुन मेरो मोबाइलमै सिमित छन् ।’ 

 

मोजमस्तीमा पार्बती धेरै इच्छुक छिन् । तर उनी नाच्ने, गाउने, सिनेमा हेर्ने जस्ता कामबाट मोजमस्ती गर्छिन् । उनले भनिन्, ‘मलाई मस्ती गर्न अरु चाहिँदैन, एक्लै हुँदा पनि गर्छु ।’ मानिसहरुले कसैसँग रोमान्स गर्दिनँ भने पनि सबैको चाहना कतै न कतैबाट पूरा भइरहेको हुने पार्बतीको बुझाइ छ । 

 

सेक्सको मामिलामा खुलेर कुरा गर्ने पार्बतीले भनिन्, ‘छोरी मान्छेले चाहे सजिलै मस्ती गर्न सक्छन्, पुरुषलाई गाह्रो हुन्छ । तर उनीहरुले पैसा खर्च गरेर पनि आफ्नो चाहना पूर्ति गर्न सक्छन् ।’ 

 

पार्बती अहिले सिंगल छिन् ५० वर्षमा बिहेको योजना बुनेकी छिन् । यो कस्तो योजना हो ? उमेर हुन्जेल  बिहे नगर्ने ? बुढेसकालमा मस्त ? उनले भनिन्, ‘मलाई त बोलेरै पनि मस्ती हुन्छ । जे गरेर पनि म रमाउन सक्छु ।’

पार्बती श्री लोकभाका

विशेष