खेल

रुनीले गरे डीसी युनाइटेडका लागि पहिलो गोल

रुनीले गरे डीसी युनाइटेडका लागि पहिलो गोल

काठमाडाैँ । इङल्याण्डका पूर्व स्ट्राइकर वायन रुनीले अमेरिकाको डीसी युनाइटेडका लागि पहिलो गोल गरेका छन् । इङ्लिस क्लब म्यानचेस्ट युनाइटेड छाडेर अमेरिकन क्लब डीसी युनाइटेडमा आवद्ध भएका रुनीको टिमले कोलराडो र्‍यापिड विरुद्ध २–१ को जित निकाल्दा रुनीले नै सुरुवाती गोल गरेका हुन् ।

 

३२ वर्षीय रुनीले पहिलो हाफको ३२ औं मिनेटमा गोल गर्दै रुनीलेनै डीसीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको २५ औं मिनेटमा कोलोराडो र्‍यापिडले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीमा गोल गर्न असफल हुँदा र्‍यापिडले सुरुवाती अग्रता हासिल गर्न सकेन ।

 

८२ औं मिनेटमा केलियन एकोस्टाले बराबरी गोल गरेका थिए । तर ९० औं मिनेटमा कोलोराडोका निकि ज्याक्सनले बल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेपछि डीसी युनाइटेड २–१ गोल अन्तरले विजयी भयो ।

खेलकुद वायन रुनी

विशेष