खेल मुख्य समाचार

ब्राजिलको क्वार्टरफाइनल यात्रा निरन्तर

ब्राजिलको क्वार्टरफाइनल यात्रा निरन्तर

सामरा । नेयमरले गोल गर्नुका साथै अर्को गोलका लागि पास उपलब्ध गराउदै पुन चर्चा आफु केन्द्रित बनाउदा ब्राजिल सोमबार मेक्सिको माथी २–० को विजय हात पारी विश्वकप फुटबलको क्वार्टरफाइनल पुगेको छ । दक्षिण अमेरिकी राष्ट्र लगातार सातौं पटक विश्वकपको अन्तिम ८ मा पुगेको हो ।


पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको अवस्थामा दोस्रो हाफ लगत्तै टयाप गर्दै गोल गरेका पेरिस सेन्ट जेर्मेनका फरवार्ड नेयमारले दोस्रो हाफको अन्तमा रोबर्टो फिर्मिन्होलाई दोस्रो गोलका लागि सजिलो पास उपलब्ध गराईदिएका थिए । तर मेक्सिकोका मिगुइल लायुनले सामन्य छुँदा समेत नेयमरले ठुलो चोट लागेको झै अभिनय गरेकाले खेल ओझेलमा परेको थियो ।

 

त्यसले उनले देखाएको सकरात्मक प्रदर्शनलाई भने ओझेल बनाउन सकेन् । मेक्सिकोलाई पाँच पटकको च्याम्पियन ब्राजिल चट्टान जस्तै बन्यो । विश्व च्याम्पियन जर्मनीमाथी १–० को विजय हात पारी विश्वकपमा सानदार सुरुआत गरको मेक्सिको अन्त्य परमपरागत रुपमा नै रहयो । १९९४ को विश्वकप देखि मेक्सिको नकआउट चरणको सुरुआतमै पराजय हुदैं आएको छ । १९८६ यता मेक्सिको क्वार्टरफाइनल पुग्न सकेको छैन ।

 

ब्राजिलले बेल्जियम र जापान बीचको विजेतासँग सेमिफाइनल पुग्न खेल्ने छ । तर दोहोरो पहेलो कार्डका कारण डिफेन्सिभ मिडफिल्डर कासेमिरोले निलम्बनमा गुमाउने छन् । मेक्सिकोसँग पनि ब्राजिल घाइते लेफ्ट ब्याक मार्सेलो बिनै खेलेको थियो । उनको स्थानमा फिलिप लुइस पहिलो रोजाइमा खेलेका थिए ।

 

मेक्सिकाले हालैका दिनहरूमा ब्राजिलसँग राम्रै नतिजा निकाल्दै आएको थियो । १५ मध्येको ७ खेल जितेको थियो । तर सोमबार पहिलो हाफमा एउटै पोष्टमा लक्षित गतिलो आक्रामण गर्न सकेन । समूह चरणको अन्तिम खेलमा स्विडेनसँग ३–० ले पराजित भएको मेक्सिकोलाई दक्षिण कोरियाले जर्मनीमाथी २–० को अविस्मरणीय विजय हात पारेपछि नकआउट चरणको चिट्ठा परेको थियो ।

 

५१ औं मिनेटमा विलियनले क्रसमा विश्वका महङ्गा खेलाडी नेयमारले पोष्ट नजिकबाट गोल गरेका थिए । विश्वकप इतिहासमा ब्राजिलको यो कुल २ सय २७ गोल थियो र टोलीले सर्वाधिक गोल गर्ने जर्मनीको कीर्तिमानलाई उछिनेको थियो । नेयमरकै उत्कृष्ट प्रदर्शनमा बैकल्पिक फिर्मिन्होले नेयमरकै जस्तो गोल गरी ब्राजिलको विजय निश्चित गरे ।

ब्राजिल विश्वकप फुटबल नेयमर

विशेष