व्यापार अर्थ शेयर बैंकिङ मुख्य समाचार समाज प्रदेश ३

बीमा कम्पनीको आम्दानी १० महिनामा ३५ अर्ब 

बीमा कम्पनीको आम्दानी १० महिनामा ३५ अर्ब 

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अवधिमा जीवन बीमा कम्पनीहरुले ३५ अर्ब २५ करोड १७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले यस अवधिमा वैदेशिक रोजगार बीमा वापत २ अर्ब ४१ करोड ४६ लाख ९५ हजार कमाएका छन् ।

 

त्यसैगरी विमा कम्पनीहरुले अन्य जीवन बीमा वापत ३२ अर्ब ८३ करोड ७० लाख २१ हजार रुपैयाँ गरी जम्मा ३५ अर्ब २५ करोड १७ लाख १६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको बीमा समितिले जनाएको छ ।  तथ्यांक अनुसार यस कम्पनीले चालु आवको १० महिनासम्ममा ११ अर्ब ९८ करोड १९ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

यस कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ३२ करोड ९९ लाख ३६ हजार रुपैयाँ र अन्य बीमा मार्फत ११ अर्ब ६५ करोड २० लाख ५९ हजार बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाईफपछि सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले बीमा शुल्क आर्जन गरेको छ ।

 

यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट १ करोड ३८ लाख १ हजार रुपैयाँ र अन्य बीमाबाट ७ अर्ब ४७ करोड ९७ लाख ९४ हजार रुपैयाँ गरी जम्मा ७ अर्ब ४९ करोड ३५ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

बीमा शुल्क आर्जनका हिसाबले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो स्थानमा देखिएको छ । कम्पनीले ४ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा मार्फत ५४ करोड २२ लाख रुपैयाँ र अन्य बीमा मार्फत ४ अर्ब १७ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ ।

 

यसैगरी मेट लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो र पाँचौ स्थानमा देखिएका छन् । चालु आर्थिक वर्षको १० महिनासम्म मेट लाईफले बीमा शुल्क वापत २ अर्ब ७९ करोड ३३ लाख रुपैयाँ कमाएको छ भने एशियन लाइफले २ अर्ब १३ करोड १८ लाख रुपैयाँ कमाएको छ । यी दुबै कम्पनीले वैदेशिक रोजगार बीमा भने गरेका छैनन् ।

 

छैठौं स्थानमा देखिएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट ४० करोड ३९ लाख रुपैयाँ र अन्य बीमाबाट १ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

यसैगरी सातौं स्थानमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । यस कम्पनीले वैदेशिक रोजगार बीमाबाट २६ करोड ९९ लाख रुपैयाँ र अन्य बीमाबाट ९६ करोड १२ लाख रुपैयाँ गरी जम्मा १ अर्ब २३ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

 

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन आर्जन गर्दै आठौं स्थानमा देखिएको छ । कम्पनीले यस अवधिमा वैदेशिक रोजगार बीमाबाट १५ करोड ११ लाख रुपैयाँ र अन्य बीमाबाट ९० करोड ५ लाख रुपैयाँ गरी जम्मा १ अर्ब ५ करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा कम्पनी

विशेष