खेल

स्वीट्जरल्याण्डलार्इ पराजित गर्दै स्वीडेन क्वाटरफाइनलमा प्रवेश

स्वीट्जरल्याण्डलार्इ पराजित गर्दै स्वीडेन क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ अन्तर्गत प्री- क्वाटर फाइनलमा अाजकाे पहिलाे खेलमा स्वीडेनले  स्वीट्जरल्याण्डविरूद्ध १–० काे जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेकाे छ । 

 

खेलकाे ६६ अाैँ मिनेटमा एमिल फाेर्सवर्गले गरेकाे गाेल स्वीडेनलार्इ निर्णायक गाेल बन्याे ।

 

स्वीडेनले विश्वकपको अन्तिम आठमा स्थान बनाएको २४ वर्ष भइसकेको छ । यस्तै स्वीट्जरल्याण्ड क्वाटरफाइनलमा नपुगेको ६४ वर्ष भइसकेको छ । 

 

जारी विश्वकपको समूह चरणमा दुबै टोलीले गतिलो प्रदर्शन गरेका थिए । यसपाली समूहचरणमा स्वीडेनले मेक्सिकोमाथि सनसनीपूर्ण विजय हासिल गरेर अन्तिम १६ मा आफूलाई अटाएको हो । स्वीस टोलीले पनि नाटकीयरूपमा सर्वियालाई हराउँदै आफ्नो स्थान सुरक्षित गर्न सफल भएकाे थियाे  ।

 

म्याच फ्याक्ट्स 

स्वीडेन समूह ‘एफ’को विजेता र स्विट्जरल्यान्ड ‘ई’को उपविजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा स्वीडेनले दुईमा जित र एकमा पराजय बेहोर्दा स्विट्जरल्यान्डले भने एकमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो ।

 


स्वीडेनले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध पाँच गोल गर्दा दुई गोल बेहोरेको छ । स्विट्जरल्यान्डले पनि विपक्षीविरुद्ध पाँचै गोल गरेको छ तर चार गोल बेहोरेको पनि छ ।

 

यो विश्वकपमा ऊ कुनै पनि खेलमा गोलबिहिन बनेको छैन। गएको अक्टोबरमा पोर्चुगलसँग पराजित भए बाहेक पछिल्लो दुई वर्षदेखि स्वीजरल्यान्डको नतिजा खराब छैन्।

 

स्वीडेन र स्वीजरल्यान्ड पछिल्लो ९८ वर्षमा एकअर्कासँग २९ पटक आमनेसामने भएका छन्, जसमा स्वीजरल्यान्डले ११ खेलमा जीत हासिल गरेको छ भने १० खेल स्वीडेनले बाजी बारेकाे छ । ८ खेल बराबरी सकिएका छन् । तर अन्तराष्ट्रिय टुर्नामेन्टमा यी दुबै कहिल्यै एकअर्कासँग भिडेका थिएनन् । 

स्वीट्जरल्याण्ड स्वीडेन

विशेष