प्रियंकाले फिल्म खेल्न छाेडे पछि सलमान र कैटरीनासंगै
काठमाडौँ । भारतीय फिल्म जगतकी परिचीत अभिनेत्री प्रियंका चोपडाले फिल्मी ‘भारत’ छोडेपछि पछिल्लो समयमा उनको ठाउँ कैटरीना कैफले लिएकी छिन् । अभिनेत्री प्रियंकाले अचानक फिल्म छोडेपछि नयाँ लिड हिरोइनको खोजी तिव्र गतिमा भएको थियो ।
उक्त फिल्मको लागि कयौं अभिनेत्रीहरुका नाम चर्चामा आए पनि सलमान खानको फेभरेट कैटरीना कैफले प्रियकांको ठाउँ लिएकी छिन् । ‘टाइगर जिन्दा हे’ पछि ‘भारत’ मा सलमान र कैटरीना दुवै एकसाथ देखिन लागेका हुन् । यसको जानकारी स्वयं फिल्मका निर्देशक अली अब्बास जफरले मुम्बई मिर्रसँग कुराकानी गर्ने क्रममा बताएका छन् ।
अभिनेत्री कैटरीनालाई सलमानले सामाजिक सञ्जालमार्फत् फिल्ममा स्वागत गरेका छन् । अभिनेत्री प्रियंकाले आफू भन्दा १० बर्ष कान्छो प्रेमीसंग विवाह गर्ने भएपछि यो फिल्म छाडेको जानकारी अली अब्बास जफरले ट्वीटर मार्फ जान्कारी दिएका थिए । फिल्म ‘भारत’ बाट सलमान र प्रियंका करीब १ दशकपछि पर्दामा देखिँदै थिए । तर उनी आफ्नो विवाहको तयारीमा रहेका कारणले फिल्म छोडेको चर्चा पनि पछिल्लो समयमा निकै छ ।
भारतीय फिल्मी क्षेत्र