समाज

नारायणगढ–मुग्लिन सडकमा पहिरो, अावागमन ठप्प

नारायणगढ–मुग्लिन सडकमा पहिरो, अावागमन ठप्प

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पहिरो जाने क्रम रोकिएको छैन । बाटो फराकिलो बनाउन पहाड काटेकै ठाउँमा पहिरो जाँदा समस्या भएको छ । आज बिहान फेरि ठुलो पहिरो गएको छ ।

 

बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ । पहिरो सफा गर्न आज दिनभर लाग्ने प्रहरीले जनाएको छ ।

 

यात्रुहरुलाई ठूलो सास्ती भएको छ । पहिरोले कुन बेला गाडी पुरिने हो भन्ने चिन्तामा यात्रा गर्नुपर्ने बाध्यता छ । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुँदा आर्थिक रुपमा पनि ठूलो नोक्सानी बेहोर्नु परेको छ ।

 

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो । अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भइसकेको छ ।

नारायणगढ–मुग्लिन सडक पहिरो

विशेष