स्वास्थ्य

वर्षायाममा बिर्सेर पनि नखानुहोस् माछा, यस्ता छन् चार ठूला कारण

वर्षायाममा बिर्सेर पनि नखानुहोस् माछा, यस्ता छन् चार ठूला कारण

वर्षायाममा यदि तपाईंलाई माछा खान मन लागेको छ भने एकपटक सोच्नुहोस् । धेरैलाई माछा निकै मिठो लाग्छ तर वर्षायाममा यसको सेवनले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । माछामा अत्यधिक मात्रामा ओमेगा–थ्री फ्याटी एसिड हुन्छ । तर पनि वर्षायाममा यसको सेवन निकै हानिकारक हुनसक्छ । आज हामी तपाईंलाई वर्षायाममा माछा किन खान हुँदैन भन्ने बारे जानकारी दिँदैछौं ।


माछाको प्रजननको मौसमः

यो मौसम माछा र अन्य समुन्द्री जीवका लागि प्रजननको मौसम हो । अण्डा भएको माछा खाँदा पेटमा संक्रमण र फूड पोइजनिङको खतरा बढ्ने गर्छ ।


फोहोर पानीः

वर्षायाममा पानी प्रदुषणको सम्भावना बढ्ने गर्छ । यस्तोमा माछामाथि फोहोर जम्मा हुन्छ जुन सफा पानीले धुँदासमेत जाँदैन । फोहोर माछा खाँदा टाइफाइड, जन्डिस र झाडापखालाजस्ता रोग लाग्नसक्छ ।


बजारमा ताजा माछा पाइँदैनन्ः

पानीको स्तरमा अत्यधिक वृद्धि हुने भएकाले वर्षायाममा माछा मारिँदैन । यसकारण बजारमा ताजा माछा पाउन मुश्किल हुन्छ । धेरैजसो प्याक गरिएको र स्टोर गरिएका माछा मात्र पाइन्छन् । १० दिनभन्दा बढि स्टोर गरिएको माछा खराब हुनसक्छ । यो खाँदा संक्रमणको खतरा बढ्ने गर्छ ।


प्रिजर्भेटिभको प्रयोगः

माछालाई ब्याक्टेरिया र यिस्टबाट बचाउनका लागि सल्फाटेस र पोलिफोस्पाटेसजस्ता प्रिजर्भेटिभको प्रयोग गरिन्छ । यस्ता माछा खाँदा तपाईंलाई सास फेर्न समस्या हुनुका साथै हृदयरोग लाग्ने गर्छ ।

माछा वर्षायाम

विशेष