अन्तरवार्ता भिडियो कभर स्टोरी

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

नेपाली सेनाका पूर्वजर्नेल कार्की भन्छन् : ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व सेनाको भन्दा पनि स्थानीयको हो’

काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथि बाबुकृष्ण कार्कीले वन्यजन्तु संरक्षण कार्यलाई वैज्ञानिक ढंगबाट अगाडि बढाउन संरक्षकहरूलाई स्रोतसाधनको पर्याप्त व्यवस्था गर्नुपर्ने बताएका छन् । 

 


नेपाल आजसँग सामयिक विषयमा कुराकानी गर्दै कार्कीले अन्तर्राष्ट्रिय मागअनुसार वन्यजन्तुको अंगको व्यापार गर्न चोरी सिकारी हुँदै आएको बताए । नेपाली सेनामा रहेर वन्यजन्तुको संरक्षण कार्यमा उत्कृष्ट दक्षता र अनुभव हासिल गरेका कार्कीले भने, ‘वन्यजन्तुको संरक्षण कार्यमा खटिएका सम्बन्धितलाई यथेष्ट मात्रामा आवश्यक बन्दोबस्तीका सामग्री उपलब्ध गराएर प्राकृतिक उपहारको रूपमा रहेको संसारमै दुर्लभ वन्यजन्तुको उचित स्याहार गर्नुपर्ने उल्लेख गरे । 

 


पूर्वसहायक रथि कार्कीले राष्ट्रिय निकुञ्ज र संरक्षित इलाकामा वन्यजन्तुको चोरी सिकार र आखेटोपहार रोक्न नेपाली सेना तथा निकुञ्ज प्रशासन मिलेर निकुञ्ज निकटवर्तीका स्थानीय जनतालाई समय, समयमा सम्झाउने र बुझाउने कार्यले गर्दा गैरकानुनी सिकारमा नाटकीय परिवर्तन आएको आफ्नो कार्य अनुभव सुनाउँदै उनले भने, ‘वन्यजन्तुको संरक्षण गर्ने दायित्व नेपाली सेनाको भन्दा पनि स्थानीय जनताको हो, सेना त अस्थायी हो, स्थानीय जनताले जैविक विविधता र वन्यजन्तुलाई संरक्षण गर्नुपर्दछ भन्ने चेतना वृद्धि भयो भने त्यसकार्यमा नेपाली सेनाको भोलिगएर आवश्यकता पनि नपर्न सक्छ तर, अहिले निकुञ्ज र आरक्ष निकटवर्ती जनता अल्प प्रलोभनमा परेर चोरीसिकारमा संलग्न भएका छन् । यस्तो कार्यलाई दुरुत्साहन गर्न सबैले सक्दो प्रयास गर्नुपर्ने आवश्यकता छ ।’

 




उनले मानिसको सौख पूरा गर्नका लागि अमुक प्राणीको हत्या गर्न नहुने र वन्यजन्तु संरक्षण गर्न विद्यमान ऐनकानुनमा सामयिक सुधार गर्न सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउँदै कार्कीले भने, ‘चोरी सिकार गर्न जंगलमा अवैध ढंगले प्रवेश गरेका व्यक्ति र समूहलाई नियन्त्रणमा लिएर वन्यजन्तुको महत्ता सम्झाएर बुझाएर पठाउने कार्य गर्दै आएको र यस्तो जन चेतना अभिवृद्धि कार्यले पनि हाम्रो प्राकृतिक सौन्दर्य बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

 


पूर्वसहायक रथि कार्कीले द्वन्द्वकालमा नेपाली प्राकृतिक सम्पत्तिका रूपमा रहेका वन्यजन्तुको अकल्पनीय क्षति भएको र द्वन्द्वपछि नेपाली सेनाले सेकेन्डरी प्रायोरिटीमा रहेको संरक्षण कार्यलाई अन्तर्राष्ट्रिय प्रचलनअनुसार फस्र्ट प्रायोरिटीमा राखेर कार्यक्रम सञ्चालन गर्दा अभूतपूर्व सफलता हासिल भएको टिप्पणी गरे । 
 

वन्यजन्तु संरक्षण नेपाली सेना बाबुकृष्ण कार्की

विशेष