गसिप : रंगशालाबाहिर ५० लाख दर्शक
रसिया विश्वकपमा एक पछि अर्को रेकर्ड बनिरहेका छन् । आयोजक रसियाले सोचेभन्दा पनि बढी फुटबल दर्शक र पयर्टक विश्वकप हेर्न आएको जनाएको छ ।
रंगशालाभित्र हेर्न नपाएका र टिकट लिन नपाएका दर्शकलाई आयोजकले बाहिर नै एक विशेष ठूलो टिभी स्क्रिनको व्यवस्था गरेको छ । रंगशाला बाहिर भए पनि दर्शकले मनोरञ्जन लिइरहेका छन् । यस किसिमको सुविधामा हेर्ने दर्शकलाई ‘फ्यान फेस्ट’ भनिन्छ ।
सन् २०१४ मा ब्राजिल विश्वकपमा भन्दा रसियाको फ्यान फेस्टमा फुटबल दर्शक बढेको आयोजकले जनाएको छ । यसपटक ५० लाख दर्शकले रंगशालाबाहिर बसेर नै फुटबलको मजा लिइरहेका छन् । ब्राजिलमा २९ लाख दर्शकले रंगशालाबाहिर ठूलो टिभ स्क्रिनमा फुटबल हेरेका थिए ।
रसिया विश्वकप दर्शक