व्यापार अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

२ हजार व्यापारिक फर्मको अनुगमन, ८० फर्मको व्यवसाय बन्द

२ हजार व्यापारिक फर्मको अनुगमन, ८० फर्मको व्यवसाय बन्द

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा १ हजार ९ सय १५ ओटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।

 

बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरीद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० ओटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ ओटा फर्मको कारोबार रोक्का गरिएको छ ।

 

अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजस्व ठगी गर्ने गरेको पाइएको छ । उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ ।

 

विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौं उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको हो ।

 

यस आर्थिक वर्षभित्र ५ हजार ४ सय व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०७३÷७४ मा ४ हजार ७ सय ५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १ सय ९ वटा फर्म बन्द गराइएको थियो । 

व्यापारिक फर्म

विशेष