खेल

विश्वकप क्वाटरफाइनलः फ्रान्स २–० ले अघि रहँदै सेमिफाइनल नजिक

विश्वकप क्वाटरफाइनलः फ्रान्स २–० ले अघि रहँदै सेमिफाइनल नजिक

काठमाडौं ।  रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलअन्तर्गत पहिलाे खेलमा फ्रान्स उरुग्वेविरूद्ध २–० ले अगाडि छ । 

 

खेलकाे ४० अाैं मिनेटमा पाएकाे फ्रि–किकमा भारानेले गाेल हान्दै फ्रान्सलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । त्यस्तै ६१ अाैँ मिनेटमा ग्रिजम्यानले फ्रान्सकाे लागि दाेस्राे गाेल गर्दै सेमिफाइनलकाे नजिक पुर्याएका छन् ।

 

शुक्रबार साँझ निझ्नी नोभगोरोद रंगशालामा हुने पहिलो क्वार्टरफाइनलमा दुई पूर्वविजेता फ्रान्स र उरुग्वे आमनेसामने भिड्दै छन् । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।

 

उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा उत्रने निश्चित भइसकेको छैन । उनको अनुपस्थितिमा पनि उरुग्वेसँग क्षमतावान खेलाडीको कुनै कमी छैन ।

 

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलरको कमी छैन । अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहनेछ ।

 

काजन रंगशालामा दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ ।

 

फ्रान्स उरुग्वे

विशेष