खेल

विश्वकप फुटबल : उरुग्वेलार्इ २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

विश्वकप फुटबल : उरुग्वेलार्इ  २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

काठमाडौं ।  रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलअन्तर्गत पहिलाे खेलमा उरुग्वेविरूद्ध २–० काे जित निकाल्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेकाे छ । 

 

खेलकाे ४० अाैं मिनेटमा पाएकाे फ्रि–किकमा भारानेले गाेल हान्दै फ्रान्सलार्इ सुरूवाति अग्रता दिलाएका हुन् । त्यस्तै ६१ अाैँ मिनेटमा ग्रिजम्यानले फ्रान्सकाे लागि दाेस्राे गाेल गर्दै सेमिफाइनलकाे यात्रा तय गरेका हुन् ।  उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो ।

 

उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । 

 

यसैगरी सन् १९९८ मा विश्वकप जितेको फ्रान्सलार्इ सेमिफाइनलमा पुर्याउन अग्रपंक्तिमा एन्टोइन ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहकाे थियाे ।

 

काजन रंगशालामा दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले पछिल्लो समय उच्च लयमा देखिएको बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । फ्रान्सले साे दुर्इ टाेलिकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

उरुग्वे फ्रान्स

विशेष