खेल

विश्वकप क्वाटरफाइनलः बेल्जियम १–० ले अघि, ब्राजिल दबाबमा

विश्वकप क्वाटरफाइनलः बेल्जियम १–० ले अघि, ब्राजिल दबाबमा

काजन रंगशालामा शुक्रबार राति भइरहेकाे दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिल बेल्जियमसँग १–० ले पछि परेकाे छ ।

 

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिए पनि खेलकाे १३ मिनेटमा फर्नान्डिनाेले अात्मघाती गाेल गरेपछि ब्राजिललार्इ दबाब सिर्जना भएकाे छ । बेल्जियमकाे कर्नर प्रहार राेक्ने प्रयास गर्दा फर्नान्डिनाेले अाफ्नै पाेस्टमा गाेल गर्न पुगेका हुन् ।

 

लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोजस्ता प्रभावशाली खेलाडीको बहिर्गमनपछि ब्राजिली स्ट्राइकर नेमार प्रतियोगितामा बाँकी रहेका थोरै स्टार खेलाडीमध्ये एक हुन् । नेमारबाहेक पनि जारी प्रतियोगितामा ब्राजिली टोलीका हरेक खेलाडीले अब्बल प्रदर्शन गर्दै आएका छन् ।

 

यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यसपटक सफलता चुम्ने हरसम्भव प्रयास गर्नेछ । फिफा वरीयताको तेस्रो स्थानमा आसिन बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

 

रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टाेइज, मिची बात्सुईजस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ । 

ब्राजिल बेल्जियम

विशेष