बेल्जियमकाे काउन्टर अघि ब्राजिलकाे डिफेन्स फितलाे, पहिलाे हाफमै २–० ले अघि
काजन रंगशालामा शुक्रबार राति भइरहेकाे दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिल बेल्जियमसँग २–० ले पछि परेकाे छ ।
सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिए पनि खेलकाे १३ मिनेटमा फर्नान्डिनाेले अात्मघाती गाेल गरेपछि ब्राजिललार्इ दबाब सिर्जना भएकाे छ । बेल्जियमकाे कर्नर प्रहार राेक्ने प्रयास गर्दा फर्नान्डिनाेले अाफ्नै पाेस्टमा गाेल गर्न पुगेका हुन् ।
त्यस्तै ३१ अाैँ मिनेटमा डि ब्रिउनले गाेल गर्दै बेल्जियमलार्इ २–० काे अग्रता दिलाएका हुन् । राेमेलु लुकाकुकाे काउन्टर पासकाे सदुपयाेग गर्दै ब्रिउनले बेल्जियमलार्इ पहिलाे हाफमै २–० काे अग्रता दिलाए ।
यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यसपटक सफलता चुम्ने नजिक छ । फिफा वरीयताको तेस्रो स्थानमा आसिन बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।
रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टाेइज, मिची बात्सुईजस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ ।
ब्राजिल बेल्जियम