खेल

सर्वाधिक विजेता ब्राजिललार्इ पराजित गर्दै बेल्जियम सेमिफाइनलमा

सर्वाधिक विजेता ब्राजिललार्इ पराजित गर्दै बेल्जियम सेमिफाइनलमा

काजन रंगशालामा शुक्रबार राति भइरहेकाे दोस्रो क्वार्टरफाइनलमा पाँच पटकको विजेता ब्राजिल बेल्जियमसँग २–१ ले पराजित भएकाे छ ।

 

सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा गरी पाँचपटक विश्वकप जितेको ब्राजिलको टोली आक्रमण, मिडफिल्ड र डिफेन्स सबैमा सन्तुलित देखिए पनि खेलकाे १३ मिनेटमा फर्नान्डिनाेले अात्मघाती गाेल गरेपछि ब्राजिललार्इ दबाब सिर्जना भएकाे छ । बेल्जियमकाे कर्नर प्रहार राेक्ने प्रयास गर्दा फर्नान्डिनाेले अाफ्नै पाेस्टमा गाेल गर्न पुगेका हुन् ।

 

त्यस्तै ३१ अाैँ मिनेटमा डि ब्रिउनले गाेल गर्दै बेल्जियमलार्इ २–० काे अग्रता दिलाएका हुन् । राेमेलु लुकाकुकाे काउन्टर पासकाे सदुपयाेग गर्दै ब्रिउनले बेल्जियमलार्इ पहिलाे हाफमै २–० काे अग्रता दिलाए । 

 

ब्राजिलकाे लागि रेनाटाे अगस्टाेले ७६ अाैँ मिनेटमा एक गाेल गरेपनि जितकाे लागि पर्याप्त रहेन । 

 

यसैगरी सधैं उत्कृष्ट प्रदर्शन गरे पनि उपाधिसम्म पुग्न नसकेको बेल्जियमले यसपटक सफलता चुम्ने हरसम्भव प्रयास गर्नेछ । फिफा वरीयताको तेस्रो स्थानमा आसिन बेल्जियम यस्तो टोली हो, जो सधैं उच्च लयमा रहन्छ । समूहगत चरणदेखि नै सशक्त प्रदर्शन गरिरहेको बेल्जियमले यस पटक पनि उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

 

रोमेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्रुन, थिबउट कर्टाेइज, मिची बात्सुईजस्ता विश्व फुटबलमा स्थापित खेलाडीको साथ पाएको बेल्जियम कुनै पनि टोलीलाई कठिन चुनौती दिन सक्षम छ । 

 

जितपछि बेल्जियमले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 

ब्राजिल बेल्जियम

विशेष