खेल मुख्य समाचार

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छः गृहमन्त्री थापा

खेलकुद क्षेत्रको पनि सिन्डिकेट हटाइन्छः  गृहमन्त्री थापा


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् । नेपाल मगर खेलकुद संघले आज आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै त्यो स्वीकार्य नहुने बताएका हुन् । 

 

उनले राजनीतिक र खेलकुद क्षेत्रमा मगर समुदायको विशिष्ट योगदान रहेको बताए । गृहमन्त्री थापाले शान्ति, सुशासन कायम हुनका साथै अपराधिक गतिविधिमाथि नियन्त्रण गर्नसके देशको आर्थिक विकास हुने भएकाले यस क्षेत्रमा सरकारलाई सहयोग गर्न सबैसँग आग्रह गरे । 

 

संघका उपाध्यक्ष तथा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमगरले मगरजातिको कला तथा संस्कृति सबै नेपाली जनताको सम्पत्तिका रुपमा रहेको बताउँदै यसको संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने बताए। नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरले मगरात र तमुवानको छुट्टै गौरवशाली इतिहास रहेको चर्चा गरे । 

गृहमन्त्री रामबहादुर थापा सिन्डिकेट खेलकुद

विशेष